+
+

दयाहाङसँग फिल्म खेल्न नेपाल आइपुगिन् ‘कबड्डी’की मैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १८:०९

काठमाडौं । ब्लकबस्टर नेपाली फिल्म श्रृंखला ‘कबड्डी’मा मैयाँ भूमिकाले चर्चित अभिनेत्री रिश्मा गुरुङ फिल्म खेल्न नेपाल फर्किएकी छन् । आगामी फिल्म ‘रिमै’बाट पुनरागमन तयारीमा रहेकी उनी आइतबार अमेरिकाबाट नेपाल आएकी हुन् ।

‘कबड्डी ३’पछि विवाह गरेर अमेरिका गएकी उनी त्यसयता फिल्मबाट टाढिएकी थिइन् । काठमाडौं फर्किएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग फिल्ममा कमब्याकबारे कुरा गरिन् । कथावस्तु मनपरेकाले ‘रिमै’बाट फर्किन आफू तयार रहेको उनले बताइन् ।

उनले भनिन्, ‘विशेषगरी रिमै गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले पनि काम गर्न तयार भएकी हुँ । अनि फिल्मको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल भएकाले पनि काम गर्न उत्साहित छु ।’

दयाहाङ र सौगातसँग रिश्माले ‘कबड्डी’ श्रृंखलामा काम गरिसकेकी छिन् ।

खिलबहादुर गुरुङको निर्देशनमा निर्माण हुने फिल्मलाई वीरबहादुर घलेले निर्माण गर्दैछन् । असोज २८ देखि गोरखाको सिरानचोकबाट छायांकन सुरु हुँदैछ ।

फिल्ममा रिश्मा, दयाहाङ र सौगातसँगै कविता आले र माओत्से गुरुङको मुख्य भूमिका हुनेछ । ‘जारी’ र ‘मनसरा’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मको छायांकन घटस्थापनाको दिन औपचारिक रुपमा शुभमुहूर्त गर्दै सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?