+
+

पूजा शर्माले बाँडिन् बाढी पीडितलाई निःशुल्क खाना

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १८:१३

काठमाडौं । अभिनेत्री पूजा शर्माले काठमाडौंको बल्खु क्षेत्र र ललितपुरको धोबीघाटका बाढी प्रभावित परिवारलाई निःशुल्क खाना वितरण गरेकी छन् । आफ्नै हातबाट उनले खाना वितरण गरेकी थिइन् ।

धोबीघाटमा रहेको आफ्नो ट्याग रेष्टुरेन्ट अघि र बल्खु क्षेत्रमा पुगेर उनले खान बाँडेकी हुन् । ‘जब बाढी आउँछ, हामी समुदायको रुपमा उदाउँछौं’ उनले यो नारासहित फेसबुकमा क्याप्सन समेत लेखेकी छिन् ।

अभिनयसँगै पूजा समाजसेवामा पनि सक्रिय छिन् । पछिल्लो समय उनले निर्माण गरेको फिल्म ‘रावायण’ रिलिज भएको थियो ।

पछिल्लो शुक्रबार र शनिबार बागमती र गण्डकी प्रदेशमा भीषण बाढी आउँदा सयौंले ज्यान गुमाएका छन् भने सयौं घर डुबानमा परेका छन् ।

फोटो : चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?