
फाइल तस्वीर
१३ असोज, काठमाडौं। विपद्मा परेर घाइते भएकाहरुलाई नि: शुल्क उपचारको व्यवस्था मिलाइएको छ ।
बाढी, पहिरोमा परेर घाइते भएकाहरुको सरकारी अस्पताल र ट्रमा सेन्टरमा नि:शुल्क उपचारको व्यवस्था मिलाइएको छ ।
गृह मन्त्रालयको विपद् तथा द्धन्द्ध व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव डा. भिष्मकुमार भुसालले अहिलेसम्म नि:शुल्क उपचार गरेर २५ जना डिस्चार्ज समेत भइसकेको बताए ।
अहिले पनि २४ जना उपचाररत रहेकोमा ४ जनाको अवस्था भने गम्भीर रहेको उनले बताए ।
शुक्रबार र शनिबार आएको वर्षाका कारण ठूलो जनधनको क्षतिको भएको छ ।
क्षतिको विवरण संकलनको काम भइरहेकोले मृतक तथा बेपत्ता र घाइतेहरुको संख्या पनि बढ्ने क्रम जारी छ ।
अहिलेसम्म १४९ जनाको मृत्यु भएको छ । ५९ जना बेपत्ता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4