
काठमाडौं । यस वर्षको दशैं, तिहार र छठ चाडपर्वमा पनि यामाहा नेपालको ‘बिगेस्ट १०शैं’ योजना जारी रहेको कम्पनीले जनाएको छ ।
यामाहाको बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकले स्योरसट नगद उपहारहरू जित्ने अवसर निरन्तर जारी रहेको कम्पनीले जनाएको छ ।
स्योरसट नगद उपहार अन्तर्गत २० हजार, ५० हजार र १ लाख रुपैयाँ नगद उपहार धेरै ग्राहकहरूले जितिसकेको कम्पनीले जनाएको छ ।
अन्य रोमाञ्चक गिफ्ट ह्याम्परहरू जित्ने क्रम पनि निरन्तर जारी रहेको कम्पनीको भनाइ छ।
यो अफर अवधिभर यामाहाको मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरसट नगद छुट उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
१० लाख रुपैयाँको नगद छुट जितेर भाग्यशाली बन्ने मौका अझै पनि ग्राहकहरूसँग बाँकी रहेको यामाहाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले जानकारी दिए ।
५० वर्षभन्दा बढी समयदेखि नेपालका अटोमोबाइल पारखीलाई विश्व प्रसिद्ध ब्रान्डहरूको सेवा दिँदै आएको एमएडब्लू ग्रुप नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरहरूको विशेष वितरक हो ।
एफआई प्रविधि, रिसेल भ्यालु र पर्फर्मेन्समा उत्कृष्ट अनि दिगोपनामा सर्वोत्कृष्ट यामाहा बाइक र स्कुटरहरूको खरिदसँगै १० लाख जित्ने अवसर र दुईओटा मोडलमा एफआई १० वर्षे वारेन्टीले यो वर्षको दशैं बिगेस्ट दशैं हुने अपेक्षा कम्पनीले गरेको छ।
प्रतिक्रिया 4