+
+

अस्कर कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्दै, विजेतालाई १ लाख

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १९:०२

काठमाडौं । नेपालमा फिल्म पढाउने पहिलो कलेजको रूपमा स्थापित अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)ले दोस्रो ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ आह्वान गरेको छ ।

कलेजको सामाजिक सञ्जालमा सार्वजनिक सूचना अनुसार २० वर्षमुनिका उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीले कार्तिक ५ गतेभित्र आफ्नो फिल्म पठाइसक्नुपर्ने जनाइएको छ । कलेजका प्रधानाध्यापक रामराजा दाहालले फिल्म निर्माणमा उदीयमान प्रतिभाहरूको पहिचान गरी विशेष अवसर प्रदान गर्न यो प्रतिस्पर्धा आयोजना गर्न लागिएको बताए ।

‘फिल्म अत्यन्तै सिर्जनात्मक विधा हो र युवाहरूको मस्तिष्क सिर्जनशील हुने भएकाले हामीले युवालक्षित फिल्म निर्माण प्रतिस्पर्धा गरी उनीहरूलाई सहयोग समेत गर्न पहल गरिएको हो’ दाहालले भने । युवा फिल्ममेकरमा विश्वास र लगानी गर्दा फिल्म क्षेत्रमा अर्को पुस्ता तयार हुने उनको भनाइ छ ।

प्रतिस्पर्धामा आठदेखि १५ मिनेटसम्मका फिल्म छनोट गरिनेछन्, जसमा प्रथम हुने फिल्मलाई एक लाख नगद प्रदान गरिनेछ । दोस्रो र तेस्रो फिल्मलाई क्रमशः ५० हजार र २५ हजार प्रदान गरिनेछ । प्रथम, द्वितीय र तृतीय हुने फिल्ममेकरले अस्कर कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्ति समेत पाउने कलेजले जनाएको छ । यसैगरी स्पेसल मेन्सनमा पर्न सफल फिल्ममेकरलाई पनि कलेजमा भर्ना भएको खण्डमा ५० प्रतिशत छात्रवृत्ति दिइने जनाइएको छ ।

कात्तिक ९ गते प्रतिस्पर्धाका विजेताहरु घोषणा गर्दै उनीहरुले निर्माण गरेका फिल्म प्रदर्शन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?