१३ असोज, काठमाडौं । नेपाल भलिबलको ईतिहासमा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) २०२४ सोमबारदेखि सुरु हुँदैछ ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको लिगमा मधेश युनाईटेड, काठमाडौं स्पाईकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थण्डर्स र कर्णाली यस्विस गरी ६ फ्रेन्चाईज टिमले प्रथिस्पर्धा गर्दैछ ।
पहिलो पटक आयोजना हुन लागेको ईडब्लुभिएललाई लिएर सहभागि टिम र खेलाडीहरु सबै उत्साहित छन् ।
आईतबार चएको क्याप्टेन मिटमा सहभागि टोलीका कप्तान र प्रशिक्षहरुले ईडब्लुचरभिएलका लागि उत्साहित रहेको बताउँदै विदेशी खेलाडीहरुसँग सँगै खेल्न उत्साहित रहेको बताए ।
लिग सिंगल राउण्ड रोविनमा हुनेछ । सहभागि टोलीले एक आपसमा खेलेपछि शीर्ष दसई स्थानमा रहने टोलीबीच फाईनल खेल हुनेछ ।
६ टोलीका कप्तान र प्रशिक्षक के भन्छन्?
काठमाडौं स्पाईकर्स
जगदिश भट्ट : मुख्य प्रशिक्षक
विगतको फरक खालको प्रतियोगिता हो । साउथ एसियन र सेन्ट्रल जोनमा हामीले राम्रो खेलिरहेका छौँ ।
युरोली च्याम्पियनसिप खेलेका अनुभवी खेलाडीहरु छन् । काठमाडौं स्पाईकर्सको कोचको रुपमा टिमलाई जिताउन हरसम्भव प्रयास गर्नेछौँ । सबै टिममा विदेशी खेलाडीहरु राम्रो छन् । खेलहरु प्रतिस्पर्धा हुनेछ । नेपाली खेलाडी र विदेशी खेलाडी हुँदा थप उर्जा हुनेछ । लिगमा ८ नेपाली ३ विदेशी खृलाडी छन् १ जना ट्यालेन्ट हन्टबाट छन् ।
उषा भण्डारी : मार्की प्लेअर
कोचले भनेजस्तै तयार छौँ । लिग खेल्न उत्साहित छौँ ।
ललितपुर क्विन्स
युगेश हमाल : सहायक कोच
हाम्रो टिममा थाई खेलाडीहरु छन् । निरन्तर प्रशिक्षण गरेका छौँ ।
सलिना श्रेष्ठ : मार्की प्लेअर
विदेशी खेलाडीहरु छन् टिम राम्रो छ । धेरै उत्साह छ ।
मधेश युनाईटेड
भरत यादव : मुख्य प्रशिक्षम
ईभिएल आयोजनाका लागि धन्यवाद । यसले भलिबल विकासमा सहयोग गर्छ ।
युरोपका रसिया अमेरिका देखि धेरै देशका खेलाडी आउनुभाछ । हाम्रो खेलाडीलाई सिक्ने अवसर हुनेछ ।
निरुता ठगुन्ना : मार्की प्लेअर
लिगले एकदमै उत्साहित बनाएको छ । यो गेममा नयाँ खेलाडीले पनि अवसर पाउँछ।
यस्तो लिगहरु हुनुपर्छ । यो गेमले भलिबल विकासमा सहयोग गर्छ ।
गण्डकी थण्डर्स
रुपेश विष्ट : मुख्य प्रशिक्षक
तयारी राम्रो छ । हिजो नेपाली खेलाडीहरु हुन्थे आज विदेशी खेलाडीहरु छन् । उनीहरु खेल्न उत्साहित छाँ ।
नयाँ खेलाडीहरु पनि समेटिएको छ ।
सरस्वती चौधरी : मार्की प्लेअर
ईडब्लुभिएल पहिलो पटक हुँदैछ । यो लिग खेल्न उत्साहित छौँ । विदेशी खेलनडीहरु छन् । विदेशी आएर खेल्नु हाम्रो लागि राम्रो हो र सिक्ने अवसर हो । नयाँ खेलाडीले अवसर पाउँछ । यस्तो गेम भए राष्ट्रिय टिमको प्रदर्शनमा पनि सहयोग पुग्छ । धन्यवाद ईडब्लुभिएल ।
चितवन शक्ति
अर्जुन घिमिरे : मुख्य प्रशीकक
नेपालमा विदेशी खेलाडीहरु आएर खेल्दैछन् । यसमा राम्रो हुनेछ । टिम सन्तुलित बनेको छ । नेपालमा खेलेको अनुभव छ हाम्रो विदेशी खेलाडी सुर्या र केपी अनुशंरीमा मा । यस्नै नेपाली राष्ट्रिय टिमको कप्तान अरुणा पनि टिममा छ ।
जेनिशा विक : खेलाडी
हाम्रो टिममा तीन जना विदेशी छन् दुई जना भारत र एक रसियन छन् । साउथ एसियामा पहिलो पटक लिग हुँदैछ । सबैजना लिग खेल्न उत्साहित छन्
कर्णाली यस्विस
कुमार राई : मुख्य प्रशिक्षक
पहिलो पटक ईडब्लुभिएल हुँदैछ । महिला शसक्तिकरण र अब पालो महिलाको भनेर यो लिग सुरु हुन लागेको छ । महिला भलिबल खृलाउन सुरु गरेको १८ वर्षमा आज यो लिग हुँदैछ । आयोजक र नेपाल भलिबल संघलाईल धन्यवाद ।
खेल भोलीबाट सुरु हुजेछ । विभिन्न कारणले टिम सेट गर्न पा छैन । खेल राम्रो हुन टिम सेट हुनुपर्छ । सबैले हौँसला दिनुस् । यो लिग निरन्तर होस् भन्ने चाहन्छु ।
सुमित्रा रेग्मी : मा र्की प्लेअर
उत्साहित छौँ लिग खेल्न । विदेशी खेलाडीहरु पनि छन् । सिम्ने अवसर हुनेछ ।
प्रतिक्रिया 4