+

सदभावले एसिया–प्यासिफिक एमेच्योर गल्फ च्याम्पियनसिपमा भाग लिने

२०८१ असोज  १३ गते २०:५५ २०८१ असोज १३ गते २०:५५
सदभावले एसिया–प्यासिफिक एमेच्योर गल्फ च्याम्पियनसिपमा भाग लिने

१३ असोज, काठमाडौं । नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले एसिया–प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा भाग लिंदै छन् । एमेच्योर खेलाडीको लागि हुने यो प्रतिष्ठित एसियाली स्तरको च्याम्पियनसिप असोज १७ गतेदेखि २० गतेसम्म जापनमा हुनेछ ।

नेपालको प्रतिनिधित्व गर्ने सदभावलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले बिदाई गरे । सदस्य– सचिव घिसिङले एसियाका टप एमेच्योर गल्फर आउने यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए ।

सदभावले एसियाकै ठूलो प्रतियोगितामा खेल्न पाउनुलाई अवसरको रूपमा लिएको बताए । नेपालको टप एमेच्योर गल्फरको रूपमा धेरै अन्तराष्ट्रिय प्रतियोगिता खेल्न पाएको र यसले पनि सहयोग गर्ने बताए ।

यही प्रतियोगिताको लागि सदभावले अमेरिकामा दुई महिनाको विशेष प्रशिक्षण गरेर नेपाल आएका हुन् । प्रशिक्षणकै क्रममा उनले युएस एमेच्योर च्याम्पियनसिप र जुनियर प्लेयर्स च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गरेका थिए । साथै सदभावले गत मेमा एएसीको निमन्त्रणामा अहिले हुने च्याम्पियनसिपको गल्फ कोर्समा प्रशिक्षणमा भाग लिएका थिए । च्याम्पियनसिप जापानको गोटेम्बास्थित ताहियो क्लबमा हुनेछ । एमेच्योरको वरियताको आधारमा सदभावले यो अवसर पाएका हुन् ।

नेपालबाट टासी छिरिङ पनि भाग लिन छनोट भएका थिए । तर केहि दिन अगाडि घुँडामा चोट लागेका कारण टासीले यो च्याम्पियनसिप नखेल्ने भएका छन् । ससभाव आजै जापानको लागि प्रस्थान गर्नेछन् ।

बिदाई कार्यक्रममा नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले एसिया–प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा सदभावले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताए । उनले एसियन गेम्स र ओलम्पिक गेम्समा मेडल सम्भावना रहेको हुनाले सरकार र राखेपको तर्फबाट सहयोग गर्न आग्रह गरे ।

एसिया–प्यासिफिक एमेच्योर गल्फ च्याम्पियनसिपमा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय