+
+

‘भ्वाइस’ फाइनलिस्टको संगीतमा ‘पूर्णबहादुर सारंगी’को गीत ‘एकादेशमा’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते २१:०२

काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माताले फिल्मको दोस्रो गीत सार्वजनिक गरेका हुन् ।

‘एकादेशमा’मा बोलको गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । गीतले झरीमा रुझ्दै र घाममा पसिना बगाउँदै गाउँगाउँ डुल्नु परेको गन्धर्वको यथार्थ प्रष्ट पार्छ ।

गीतले दुःख मात्रै होइन प्रेमको कुरा पनि गरेको छ । लुकीलुकी चौतारीमा मायालुसँग भेटेको प्रसंग गीतले समेटेको छ । मायालुको बखान गरेको गीतले मायाको छेउमा पुग्दा सपनीबाट ब्युँझिएको दृश्य प्रष्टाउँदै सपनाको कथा पनि भनेको छ ।

भिडियोमा मुख्य पात्र विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, देशभक्त खनाललगायत कलाकार देखिन्छन् । उनीहरू घरघर गएर गीत गाइरहेको भिडियोमा देखिन्छ ।

यसअघि यो फिल्मको गीत ‘काँधेकुरी’ सार्वजनिक भएको थियो । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्म कात्तिक १५ गते रिलिज हुँदैछ ।

सेभेन सिज सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । यो फिल्म सोसल ड्रामा जनरामा निर्माण भएको हो । यसले गन्धर्व परिवारको कथा पेश गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?