+

नेपालले ओमानलाई दियो १७७ रनको लक्ष्य

२०८१ असोज  १३ गते २३:३३ २०८१ असोज १३ गते २३:३३
नेपालले ओमानलाई दियो १७७ रनको लक्ष्य

१३ असोज, काठमाडौं – गुल्सन झाको आक्रामक ब्याटिङको सहयोगमा नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई १७७ रनको लक्ष्य दिएकोछ । किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनायो ।

नेपालका गुलशन झा १७ बलमा ३ चौका र ३ छक्कासहित ४० रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी ५ बलमा २ छक्का र १ चौकासहित १८ रनमा नट आउट रहे ।

आसिफ शेख २२ बलमा १ चौका र २ छक्का तथा अनिल साहले २१ बलमा ३ चौका र १ छक्कासहित २७-२७ रन बनाए ।
देव खनाल र कप्तान रोहित पौडेल २=-२ रनमा आउट भए ।

कुशल मल्ल २६ बलमा २ चौका र २ छक्कासहित ३० तथा कुशल भुर्तेल १७ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भए ।

ओमानका अकिब इलियासले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । सकिल अहमद, फयाज बट र जिशान मकसुदले १-१ विकेट लिए ।

त्रिकोणात्मक टी-२० आई सिरिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय