+
+

धादिङका प्रहरी प्रमुख पनि हेडक्वार्टर तानिए

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते ११:४२

१४ असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालयले धादिङ जिल्लाका एसपी गौतम केसीलाई हेडक्वाटर तानेको छ । केसीको सट्टा दीपेन्द्र शाहीलाई धादिङ प्रहरी प्रमुख बनाएर पठाइएको छ ।

बाढी पहिरोको विपत्तिको जोखिमको बेला काम सन्तोजनक नभएको भन्दै प्रहरी हेडक्वाटरले धादिङका प्रहरी प्रमुख हेरफेर गरेको हो ।

यसअघि गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि मन्त्रालयमा तानेको थियो । धादिङको प्रमुख जिल्ला अधिकारी बनाएर मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई पठाइएको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद पाण्डेलाई पनि मन्त्रालयमा तानेर उनको ठाउँमा उमेश ढकाललाई पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?