+
+

बाढी-पहिरोले पनौती जलविद्युत आयोजनामा क्षति, उत्पादन बन्द

कपिल कोइराला कपिल कोइराला
२०८१ असोज १४ गते १३:३२

१४ असोज, काभ्रे । अविरल वर्षाका कारण आएको बाढी-पहिरोका कारण पनौती जलविद्युत आयोजनाको विद्युत उत्पादन गृहमा क्षति पुगेको छ ।

पहिरोका कारण  आयोजनाको विद्युत उत्पादन गृहदेखि मुहानसम्म असर पुगेको हो ।  पहिरोले मुहानसम्‍मे क्षति गर्दा आयोजनाबाट विद्युत उत्पान पूर्ण रुपमा बन्द भएको छ ।

उक्त आयोजनाको लागि प्रयोग भएको पानीको मुहान रोशी खोलास्थित पनौती नगरपालिका वडा नं ८ मल्पीमा रहेको छ । खोलामा आएको बाढीका कारण आयोजनाको ड्याम क्षेत्र रोशी खोलाले धार बदलेको छ। जसका कारण पुनः खोलालाई पुरानै धारमा ल्याउनका लागि समय लाग्ने देखिएको छ ।

त्यसैगरी आयोजनाको विद्युत उत्पादन केन्द्र खोपासीको केन्द्रको भवन रहेको दुवैतर्फबाट पहिरो आएको छ । पहिरो तथा विद्युत उत्पादन गृह नजिकैबाट बग्ने सलाँदुखोलामा आएको बाढीका कारण गृहको भवनभित्रै पहिरो तथा पानी पसेको छ। पानीका कारण आयोजनाको उपकरणहरुमा क्षति पुगेको छ ।

दुईतर्फको पहिरोले भवनमा असर पुर्‍याएको छ । पहिरोका कारण विद्युत उत्पादन गृहको भित्र तथा बाहिर रहेका उपकरणहरुमा क्षति पुगेको छ । पनौती जलविद्युतत केन्द्रका प्रमुख सविना उप्रेतीले जानकारी दिइन्। उनका अनुसार केन्द्रको ड्याममा खोलाले धार नै परिवर्तन गरेको, प्यानल बोर्ड, सर्किट ब्रेकर, टर्वाइन पानी र हिलोले छोपिएको छ ।

पनौती जलविद्युत आयोजना नेपालमा निर्माण भएको तेस्रो जलविद्युत आयोजना हो । सन् १९६५ मा तत्कालीन सोभियत संघको सहयोगमा रु २७ करोडको लागतमा निर्मित यस आयोजना २.४ मेगावाट क्षमताको रहेको छ ।

आयोजनामा ३ वटा टर्वाइन जडित रहेको र वर्षाले क्षति पुग्नु अघि २ वटा टर्वाइनबाट निरन्तर विद्युत उत्पादन भइरहेको छ ।

लेखकको बारेमा
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?