+

सुदूरपश्चिमको नाम र लोगो सार्वजनिक

२०८१ असोज  १४ गते १४:१७ २०८१ असोज १४ गते १४:१७
सुदूरपश्चिमको नाम र लोगो सार्वजनिक

१४ असोज, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिमले आफ्नो नाम र लोगो सार्वजनिक गरेको छ ।

एनपीएलमा सुदूरपश्चिम रोयल्स नाम हुने भएको छ । सुदूरपश्चिमको स्वामित्व एम्यायर स्पोर्ट्स म्यानेजमेन्टले किनेको थियो ।

लोगोमा बाघको चित्र राखिएको छ । त्यसको मुख्य कारण सुदूरपश्चिममा शुक्लाफाटामा पाइने बाघको नेतृत्व हुनेछ ।

व्यवसायिक क्रिकेटलाई नयाँ उचाई दिने लक्ष्यका साथ क्यानले अघि बढाएको योजनामा सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्दै आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न आफूहरु उत्साहित रहेको सुदूरपश्चिम रोयल्सले जनाएको छ ।

सुदूरपश्चिमको मार्की खेलाडीको रुपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । उनलाई लक्क ड मा सुदूरपश्चिमले किनेको थियो । एनपीएल नोभेम्बर डिसेम्बरमा हुनेछ । अक्सन दशै अघि गर्ने तयारी भएको छ ।

सुदूरपश्चिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय