+

सरकारी अस्पतालको अतिरिक्त सेवा के हो, कति लाग्छ शुल्क ?

२०८१ असोज  १४ गते १६:५९ २०८१ असोज १४ गते १६:५९
सरकारी अस्पतालको अतिरिक्त सेवा के हो, कति लाग्छ शुल्क ?

काठमाडौं । सरकारी अस्पतालमा उपचार गराउन खर्च त कम लाग्छ तर सेवाप्रति भने आम नागरिक सन्तुष्ट हुँदैनन् । अस्पतालसम्म पुगेर लामो लाइनमा बस्नुपर्ने झन्झटले पनि बिरामीलाई तनाव दिएको हुन्छ ।

पछिल्लो समय धेरैजसो सरकारी अस्पतालले क्रमशः सेवामा सुधार ल्याइरहेको देखिन्छ । तर अस्पतालको व्यवस्थापनलाई अझै सुधार गर्दै सेवालाई विस्तार गर्ने हो भने सर्वसाधारण स्वास्थ्य सेवाको पहुँचमा हुन्थे ।

सरकारी अस्पतालमा सामान्य ओपीडी सेवा त हुन्छ नै, त्यस बाहेक  अतिरिक्त  ‘एक्टेन्डेड हस्पिटल सर्भिस’ विस्तारित स्वास्थ्य सेवा पनि हुन्छ । जसमा बिरामीले अतिरिक्त समयमा अतिरिक्त सेवा शुल्क तिरेर विशेषज्ञ चिकित्सकलाई भेट्न सक्छन् । विस्तारित स्वास्थ्य सेवा कुन अस्पतालमा कुन समयमा र कति शुल्कमा लिन सकिन्छ ?

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा अपराह्न ३ बजेदेखि ६ बजेसम्म ‘एक्टेन्डेड हस्पिटल सर्भिस’ विस्तारित स्वास्थ्य सेवा लिन सकिन्छ । अस्पतालमा विस्तारित सेवाको शुल्क ५५० रुपैयाँ तोकिएको छ । सरकारी अस्पतालले दिने विस्तारित सेवामा प्रसूति गृह एउटा राम्रो उदाहरण नै हो । यो सेवालाई अनलाइन मार्फत पनि बुक गर्न सकिन्छ ।

सरकारी अस्पतालको यस्तो विस्तारित सेवा बिहानको समयमा लाइनमा बसेर परीक्षण गर्न नमिल्नेहरूका लागि र अफिस जानेहरूका लागि उपयोगी हुन्छ । निजी अस्पतालको तुलनामा यो सेवा सस्तो पनि हुन्छ र सजिलै चिकित्सकलाई भेट्न पनि सकिन्छ ।

प्रसूति गृहमा सेवा लिइरहेका सुत्केरी र नवजात शिशुको इको कार्डियोग्राफी गर्नका लागि गंगालाल अस्पताल पठाउनुपर्ने अवस्था थियो । यो वर्षदेखि प्रसूति गृहको विस्तारित सेवामा इको कार्डियोग्राफी सेवा पनि उपलब्ध गराइएको छ । गंगालाल अस्पतालको इको कार्डियोग्राफी गर्ने चिकित्सकलाई नै प्रसूति गृहमा ४ बजेपछि भेट्न सकिन्छ ।

पाटन अस्पताल

पाटन अस्पतालमा ‘एक्टेन्डेड हेल्थ सर्भिस’ सेवासँगै पाटन प्राइभेट क्लिनिक सेवा पनि उपलब्ध छ । एक्टेन्डेड हेल्थ सर्भिस अपराह्न ४ बजेपछि लिन सकिन्छ भने प्राइभेट क्लिनिक सेवा ओपीडी समयमा नै लिन सकिन्छ । कोही बिरामीलाई भीडभाडमा लाइन लाग्न मन लागेन वा छिटो कतै जानुपर्ने छ भने त्यस्ता व्यक्तिले अस्पतालको यस्ता सेवा लिन सक्छन् ।

अस्पतालको यी दुई अतिरिक्त सेवा लिन बिरामीले ५०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । अस्पतालमा फोन गरेर पनि यो सेवाको बारेमा जानकारी लिन सकिन्छ ।

वीर अस्पताल

वीर अस्पतालमा एक महिनाअघिबाट विस्तारित स्वास्थ्य सेवा सुरु भएको छ । वीर अस्पतालमा केही विशेष विभागमा मात्र यो सेवा सुरु भएको छ । अपराह्न ४ बजेपछि यो सेवा बिरामीले लिन पाउनेछन् । यस सेवाका लागि बिरामीले ५०० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

वीर अस्पताल अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरमा यो सेवा उपलब्ध छ । वीर अस्पताल र ट्रमा सेन्टरको यो सेवा अस्पतालमा हुने लामो लाइन बस्न नभ्याउने र अफिसमा कार्यरत व्यक्तिलाई उपयोगी हुन्छ ।

त्रिवि शिक्षण अस्पताल

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पनि विस्तारित स्वास्थ्य सेवा अपराह्न ४ बजेपछि लिन सकिन्छ । सार्वजनिक बिदाको दिन भने दिउँसो १ बजेदेखि ३ बजेसम्म यो सेवा लिन सकिन्छ । त्रिवि शिक्षण अस्पताल पनि यो सेवाको शुल्क ५०० रुपैयाँ नै रहेको छ ।

त्रिवि शिक्षण अस्पतालमा प्राय: हप्तामा तीन दिन ओपीडी चल्छ । हप्तामा तीन दिन मात्र ओपीडी हुँदा बाँकी चार दिन बिरामीले ओपीडी सेवा लिन पाउँदैनन् । यस्तोमा अन्य जिल्लाबाट आउने बिरामीले तीन दिन अरू बस्ने समय र पैसा जोगाउन यो सेवा मार्फत विशेषज्ञ चिकित्सकलाई भेट्न सक्छन् । अस्पतालमा हुने भीडभाड बाट बच्न र चिकित्सकको अलि बढी समय लिन चाहनेका लागि पनि यो सेवा उपयुक्त हुन्छ ।

शहीद गंगालाल हृदयरोग केन्द्र

शहीद गंगालाल हृदयरोग केन्द्रमा पनि बिरामीले विस्तारित स्वास्थ्य सेवा लिन सक्छन् । आइतबारदेखि शुक्रबार अपराह्न ४ देखि ६ बजेसम्म यो सेवा लिन सकिन्छ भने शनिबार ८ देखि १२ बजे पनि यो सेवा लिन सकिन्छ ।

शहीद गंगालाल हृदयरोग केन्द्रमा विस्तारित स्वास्थ्य सेवा लिन ५०० रुपैयाँ तिर्नुपर्छ । यो अस्पतालमा मुटुसम्बन्धी विशेष सेवा लिन विभिन्न जिल्लाबाट बिरामी आउने गर्छन् । यस्तोमा ओपीडी सेवामा पालो कुरेर फलोअप गर्न गाह्रो हुनेका लागि यो सेवा निकै उपयोगी हुनसक्छ ।

कान्ति बाल अस्पताल

कान्ति बाल अस्पतालमा पनि  बिरामीले अपराह्न साढे ३ बजेदेखि ५ बजे विस्तारित स्वास्थ्य सेवा लिन सक्छन् । यो सेवाका लागि टिकट ३ देखि ४ बजेसम्म लिन सकिन्छ भने अस्पतालमा विस्तारित स्वास्थ्य सेवाको शुल्क ४५० रुपैयाँ रहेको छ ।

अतिरिक्त सेवा सरकारी अस्पताल
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डीको अवस्था पत्ता लगाउने डेक्सा स्क्यान कसरी गरिन्छ ?

हड्डीको अवस्था पत्ता लगाउने डेक्सा स्क्यान कसरी गरिन्छ ?

तपाईं मनलाई माया गर्नुहुन्छ कि मुटुलाई ?

तपाईं मनलाई माया गर्नुहुन्छ कि मुटुलाई ?

बालबालिकालाई कब्जियत हुनबाट कसरी बचाउने ?

बालबालिकालाई कब्जियत हुनबाट कसरी बचाउने ?

प्रत्येक दम्पतीले जान्नुपर्छ गर्भ निरोधकका यी ५ कुरा

प्रत्येक दम्पतीले जान्नुपर्छ गर्भ निरोधकका यी ५ कुरा

गर्भावस्थाको लक्षण नदेखिनु गर्भपातको संकेत हो ?

गर्भावस्थाको लक्षण नदेखिनु गर्भपातको संकेत हो ?

सनस्क्रिन किन लगाउने ?

सनस्क्रिन किन लगाउने ?