+
+

चीनले बनायो एआई अस्पताल, रोबोटले गर्छन् विरामीको उपचार

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते १६:५९

काठमाडौं।आर्टिफिसियल इन्टेलिजेन्सले अर्थतन्त्र तथा जनजीवनका धेरै क्षेत्रहरुमा तरंग उत्पन्न गरिरहेको छ र त्यसमा स्वास्थ्यसेवाको क्षेत्र पनि अछुतो छैन ।

गतवर्ष स्टानफोर्डको एआई सहर भाइरल बन्यो, जहाँ २५ जना इन्टेलिजेन्स एजेन्टहरु बसोबास तथा सामाजिकीकरण गर्छन्। त्यसभन्दा एक कदम अघि बढ्दै चिनियाँ वैज्ञानिकहरुले एआई अस्पताल शहरको विकास गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

उक्त एआई अस्पताल सहरमा भर्चुअल विरामीहरुलाई एआई डाक्टरले उपचार गर्दछन् । यो चिकित्सा क्षेत्रका पेशाकर्मी तथा आम सर्वसाधारणका लागि निकै महत्वपूर्ण रहेको बताइएको छ । यो एआई अस्पतालले ठ्याक्कै उस्तै वातावरण (सिमुलेसन)मा डाक्टरहरुलाई तालिम दिँदै रोगको उपचारमा आफ्नो क्षमतालाई स्वचालित रुपमा निरन्तर विकास तथा सुधार गर्ने लक्ष्य राखेको छ ।

सिंघुवा विश्वविद्यालयका शोधकर्ताहरुले विकास गरेको उक्त आर्टिफिसियल इन्टेलिजेन्स अस्पतालको नाम एजेन्ट हस्पिटल हो । उक्त भर्चुअल संसारमा सबै डाक्टर, नर्स तथा बिरामीहरु एआईबाट सञ्चालित छन् र स्वचालित रुपमा अन्तरक्रिया गर्न सक्षम छन् ।

अचम्मको कुरा त के भने एआई डाक्टरहरुले केही दिनभित्रै १० हजारजना बिरामीको उपचार गर्न सक्दछन् । जबकी मानव डाक्टरलाई त्यति संख्याका बिरामीको उपचार गर्न कम्तिमा २ वर्ष लाग्छ ।

यसरी विकास गरिएका एआई रोबोट डाक्टरहरुले अमेरिकी चिकित्सा लाइसेन्स परीक्षाका प्रश्नहरुको समाधानमा ९३.०६ प्रतिशत सफलता हासिल गरेका छन्, खासगरी स्वासप्रस्वास सम्बन्धी रोगका विषयमा । ती एआई रोबोट डाक्टरहरुले बिरामीहरुको परामर्श, परीक्षण, रोगको निदान र उपचार तथा फलोअपका सबै प्रक्रियाहरु सजिलै तरिकाबाट पूरा गरिदिन्छन् ।

प्रायोगिक लाभ अपेक्षित

उक्त एआई अस्पतालमा सिर्जित भर्चुअल वातावरणमा मुख्यत: दुईवटा हिस्सा छन्, बिरामी र चिकित्साकर्मी । उनीहरुको भूमिका सम्बन्धी जानकारी जीपिटी ३.५ जिपिटीले सिर्जना गर्दछ र आफू अनुकुल तरिकाले विस्तारित गर्न सकिन्छ ।

एजेन्ट अस्पतालमा विभिन्न परामर्श कक्ष, परीक्षण कक्ष हुन्छन् र त्यसमा धेरैजना चिकित्सकहरू एआई रोबोटले काम गर्दछन् । शोधकर्ताहरुले १४ डाक्टर र ४ जना नर्सको सेट तयार पारेका छन् जहाँ डाक्टरले रोग पत्ता लगाउने र विस्तृत उपचार योजना तयार पार्दछन् भने नर्सहरु बिरामीलाई दैनिक नियमित सेवामा केन्द्रित हुन्छन् ।

के एआई अस्पतालले वास्तविक स्वास्थ्यसेवा उद्योगमा व्यवहारिक फाइदा ल्याउन सक्ला ?

यसको उत्तर हुन्छ :  हो, सक्छ ।

एजेन्ट अस्पतालका शोधकर्ता टिमका प्रमुख लिउ याङ्ग विश्वविद्यालयको इन्स्टिच्यूट फर एआई इन्डस्ट्री रिसर्चका कार्यकारी डिन तथा कम्प्युटर विज्ञान तथा प्रविधि विभागका सहायक डिन हुन्।

उनका अनुसार आम डाक्टरहरुले बिरामीहरुको रोगको निदान तथा उपचार गर्ने विद्यमान पद्धतिमा रुपान्तरण गर्नका लागि एआई अस्पतालको विकास गरिएको छ। यसले चिकित्सा पेशाकर्मी र आम सर्वसाधारणलाई व्यापक रुपमा फाइदा पुर्‍याउनेछ ।

China opens 1st AI hospital town to treat patients in virtual world

उदाहरणका लागि यो नवप्रवर्तन अवधारणाले भर्चुअल बिरामीलाई वास्तविक डाक्टरद्वारा उपचार गर्न सम्भव तुल्याउनेछ र त्यसबाट चिकित्साशास्त्रका विद्यार्थीहरुले उन्नत तालीमको अवसर प्राप्त गर्नेछन् ।

अनेक प्रकारका एआई बिरामीहरुको सिमुलेसनले मेडिकल विद्यार्थीहरुलाई कुनै पनि डर र संकोचबिना आत्मविश्वासपूर्वक उपचार योजना तयार गर्न सघाउ पुर्‍याउनेछ ताकी निर्माणमा हुने त्रुटिले गर्दा वास्तविक विरामीमा पर्नसक्ने हानीका बारेमा उनीहरु चिन्तित हुनु पर्दैन। यस्तो जोखिममुक्त वातवारणमा हुने तालिम तथा सिकाइले गर्दा उच्च दक्ष डाक्टरहरुको उत्पादनमा सहयोग पुग्ने लिउको भनाइ छ ।

यदि सहरका बिरामीहरु वास्तविक र डाक्टरहरु भर्चुअल भएको अवस्थामा बिरामीहरुलाई अनलाइन टेलिमेडिसिन सेवा प्रदान गर्न सकिन्छ । एआई अस्पताल शहरमा आधिकारिक चिकित्सा ज्ञानको विशाल भण्डार छ जसले एआई डाक्टरहरुलाई दशौँ लाख प्रकारका रोगहरुको उपचार गर्न सकिन्छ ।

लिउले भनेका छन्, ‘एआई डाक्टरहरुको रोग निदान क्षमता भर्चुअल संसारबाट वास्तविक संसारतर्फ विकास हुँदै गरेको हुनाले आम जनताका लागि उच्च गुणस्तरीय, सुलभ तथा सहज स्वास्थ्य सेवाको उपलब्धता पनि अब नजिक छ ।’

उक्त एआई अस्पतालले कुनैपनि क्षेत्रमा संक्रामक रोग वा महामारीको फैलावट, विकास तथा नियन्त्रणका विषयमा पनि प्रक्षेपण र व्यवस्थापन गर्नसक्ने उनले बताएका छन् ।

इन्टरनेट प्रयोगकर्ताहरुले के विश्वास गरेका छन् भने एआई अस्पतालले चिकित्सा क्षेत्रमा त्यस्तो मार्ग पत्ता लगाउनेछ जसमा अन्वेषण गर्नका लागि मानिससँग क्षमता तथा समय हुँदैन।

दशौँ लाख बिरामी मानिसहरुको जीवन एकसाथ बँचाउन सक्ने पूर्ण रुपमा स्वचालित अस्पतालहरु भविष्यमा केवल काल्पनिक विषय मात्र नभई यथार्थ रुपमै बन्नेछन् ।

एआईले मानिसलाई विस्थापित गर्दैन, बरू मद्दत गर्छ

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको तीव्र विकाससँगै चिकित्सा क्षेत्रमा एआईको भविष्य चम्किलो देखिन्छ । एआई स्वास्थ्य सेवाले मानिसको शारीरिक तथा बौद्धिकतालाई  पछि पार्ने तथ्यलाई अस्वीकार गर्न सकिँदैन, जसले स्वास्थ्य सेवाको दक्षता तथा उत्कृष्टतामा वृद्धि गर्नेछ ।

तर, एउटा कुरा के तथ्य हो भने एआईले कहिल्यै पनि मानिसलाई विस्थापित गर्न सक्दैन । बरू एआईलेम मानिसलाई अप्ठ्यारो र गर्न नसकिरहेको कामलाई फत्ते गर्न मद्दत गर्छ । यति मात्र होइन मानवभन्दा तीव्रगतिमा एआईले काम गरिदिन्छ, यसले मानिसहरूले थप सहज रुपमा अप्ठ्यारा कामहरू सम्पन्न हुन्छ।

तर, चिकित्सा प्रयोगमा अनिश्चितता भनेको आम नियम जस्तै हो र हरेक स्वस्थ व्यक्ति र विरामी एक अर्कासँग फरक हुन्छन् । उनीहरुलाई एउटै रोग लागेको भए पनि रोगको चरण तथा बिरामीहरुको मनोवैज्ञानिक र सामाजिक विशेषतालगायतका कुराहरु उल्लेख्य रुपमा फरक हुन्छन्। ती अनिश्चित घटनाहरु अन्ततः मानिसहरुले नै व्यवस्थापन गर्नुपर्दछ ।

सिंघुवा विश्वविद्यालयको इन्जिनियरिङ्ग एकेडेमीका प्राध्यापक डाक्टर डोंग जियाहोंगका अनुसार चिकित्सा भनेको प्रेमको विज्ञान र न्यानोपनाको कला हो । जबकि एआई स्वास्थ्यसेवा भने चिसो हुन्छ जसले वैयक्तिक स्याहार तथा मनोवैज्ञानिक ढाडस दिन सक्दैन। त्यस्तै उपचार प्रक्रियामा उत्पनन हुने कुनै पनि कानूनी दायित्व पनि वास्तविक मानव डाक्टरहरुले नै बहन गर्नु पर्दछ। ग्लोबल टाइम्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?