+
+

केआईओसीएचलाई शाह परिवारको ४ करोड सहयोग प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते १७:५५

काठमाडौं । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) लाई विजयकुमार शाहले ४ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

केआईओसीएचको बाल शल्य चिकित्सा इन्टेन्सिभ केयर युनिट पीएसआईसीयू र डे केयर सर्जरी शाखाको भौतिक संरचना निर्माण गर्न शाह परिवारको तर्फबाट उक्त रकम सहयोग गर्ने प्रतिबद्धता उनले जनाएका हुन् ।

शाह परिवारका तर्फबाट गरिएको योगदानले नेपालमा बालस्वास्थ्य सेवामा उल्लेखनीय सुधार हुने विश्वास उनले गरेका छन् ।

उक्त संरचना बनेसँगै विशेष स्याहारको आवश्यकता परेका बालबालिकाहरूको गम्भीर अवस्थाको शल्यक्रिया गर्न सकिने विश्वास गरिएको छ ।

शाह परिवारको महत्त्वपूर्ण सहयोगको सम्मान गर्दै पीएसआईसीयू र डे केयर सर्जरी शाखाको तल्लालाई रुस्लान पीएसआईसीयू नामाकरण गरिने जनाइएको छ ।

१३ भदौ २०८१ सालमा शाह परिवारले प्राथमिक चरणमा १ करोड रुपैयाँ केआईओसीएचलाई सहयोग गरेको थियो ।

गैर नाफामूलक संस्था जेजीआई नेपाल फाउन्डेसन (जेजीआईएनएफ) ले समन्वय गरेको भए पनि यो सहयोग शाह परिवारको निजी पूँजीबाट प्रदान गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

कुल सहयोग प्रतिबद्धतामध्ये बाँकी ३ करोड रुपैयाँ निर्माण योजना सुरु भएपछि जेजीआई नेपाल फाउन्डेसनको समन्वय र सहजीकरणमा आर्थिक रूपमा प्रदान गरिने उल्लेख छ ।

तीन पटकसम्म नेपालकै शीर्ष करदाता बनेका शाहको परोपकार र सामाजिक उत्तरदायित्व समर्पणको प्रतिबिम्ब बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?