+
+

दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरियो : रास्वपा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते १७:५७

१४ असोज, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चाडपर्व नजिकिँदा बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको जनाएको छ ।

उपभोग्य बस्तुको कालो बजारीले प्रश्रय पाएको रास्वपाले विज्ञप्ति निकालेर जनाएको छ ।

रास्वपाका उद्योग तथा वाणिज्य विभाग प्रमुख गणेश पराजुलीले सोमबार निकालेको विज्ञप्तिमा भ्रमपूर्ण विज्ञापन गरी उपभोक्तालाई झुक्याउने प्रयास गरिएको उल्लेख गरेका छन् ।

गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक हकप्रति रास्वपाले ध्यानाकर्षण गराएको छ । मुल्य, परिणाम, शुद्धता, गुणस्तर लगायतमा सरकारको ध्यानाकर्षण गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?