+
+

बालुवाटारमा प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते १८:२६

१४ असोज, काठमाडौं । राष्ट्रसंघीय महासभाबाट १० दिनपछि फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार निवासमा क्याबिनेट बैठक डाकेका छन् ।

बाढी पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिन ओली आउनेबित्तिकै मन्त्रिपरिषद् डाकिएको प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।

सिंहदरबारमा नियमित बैठक गर्दै आएका प्रधानमन्त्रीले आफू राष्ट्रसंघ महासभाबाट फर्केलगत्तै निवासमा मन्त्रिपरिषद् बोलाएका हुन् ।

बैठक केही बेरपछि सुरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?