+
+

रुपन्देहीको घाघरा खोलामा २ जनाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते १८:३२

१४ असोज, बुटवल। रुपन्देहीको घाघरा खोलामा दूध बोक्ने गाडी बगाउँदा शनिबारदेखि बेपत्ता भएका दुईजनाको शव भेटिएको छ ।

मर्चवारबाट दूध लिएर भैरहवा आउँदै गरेको भे १ च २६७६ नम्बरको जीपमा सवार चालक प्रकाश तामाङ र सहचालक उमेश लोधको शव सोमबार बिहान भेटिएको
रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जित सिंह राठौरले बताए ।

एसपी सिंहका अनुसार सोमबार बिहानदेखि खटिएको प्रहरी टोलीले ७ बजे सहचालकको र साढे १० बजे चालकको शव फेला पारेको हो। शव फेला पारेपछि परिवार र स्थानीयले आएर शवको पहिचान गरेका र शव परिवारलाई जिम्मा लगाइएको एसपी राठौरले बताए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडि रहेको घाघरा खोलाबाट हराएको जीप आइतबार सांझ फेला परेको थियो। शनिबारबाट नै सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी कार्य गरिरहेका थिए ।

सम्मरीमाई गाउँपालिका–५ रोइनिहवास्थित तिवारी दूध संकलन केन्द्रबाट दूध लिएर जीप शनिबार बिहान ५ बजे भैरहवा आउँदै गरेको थियो। सोही क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडी रहेको घाघरा खोलाबाट हराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?