+

खेल जितेपछि ललितपुरकी कप्तानले भनिन् : हामी अझै राम्रो गर्न सक्थ्यौं

२०८१ असोज  १४ गते २०:२० २०८१ असोज १४ गते २०:२०
खेल जितेपछि ललितपुरकी कप्तानले भनिन् : हामी अझै राम्रो गर्न सक्थ्यौं

१४ असोज, काठमाडौं । एभरेष्ट महिला भलिबल लिगको पहिलो खेलमा काठमाडौं स्पाइकर्सलाई ललितपुर क्वीन्सले ३–१ को सेटमा हरायो । पहिलो पटक फ्रेन्चाइज लिगमा कप्तान बनेकी ललितपुरकी सलिना श्रेष्ठ पहिलो खेलमा नै जित हात पार्दा खुशी छिन् ।

उनी आफ्नो प्रदर्शनमा भने केही सुधार हुन सक्ने बताइन्। ‘म आफैंमा चाहिँ अलि खुसी छैन । अलि राम्रो हुन सक्थ्यो । जति खेल्न पथ्र्यो त्यति चाहिँ खेल्न नसकेको जस्तो लाग्यो’, उनले भनिन् ।

पहिलो सेटमा २५–२० ले जित निकालेको ललितपुरको लागि दोस्रो सेट भने गुमायो । दोस्रो सेट काठमाडौंले २५–२१ ले सेट जित्यो । दोस्रो सेट खेलिरहँदा ललितपुरकी थाइल्यान्डकी सुल्दाता घाइते भइन् । उनी घाइते हुँदा चाहेजस्तो खेल्न नसकेको कप्तान सलिनाले बताइन् । ‘हाम्रो एउटा खेलाडी घाइते पनि भयो । त्यसले गर्दा पनि टिममा कम्बिनेसन मिलिरहेको थिएन’, सलिनाले भनिन् ।

तेस्रो र चौथो सेटमा पुन जित निकाल्दै ललितपुरले जित हात पारेको हो । काठमाडौं पनि राम्रो टिम रहेको तर टिममा कम्बिनेसन नमिल्दा खेल सोचेजस्तो राम्रो नभएको ललितपुरकी कप्तान सलिनाले बताइन् । ‘काठमाडौंको टिम कम्बिनेसन नमिलेको होला । खेल हो पछि राम्रो हुन सक्थ्यो’, उनले भनिन् ।

सलिनाले आफूहरुको लक्ष्य उपाधि जित्ने नै रहेको बताइन् । ‘लक्ष्य भनेको हाम्रो पनि उपाधि नै हो । सबैको खेल हेर्दै जाउँ, हाम्रो कम्बिनेसन अझै राम्रो हुँदै जाला भन्ने आशा छ’, उनले भनिन् ।

एभरेष्ट महिला भलिबल लिग ललितपुर क्वीन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय