+
+

एमालेले बोलायो सचिवालय बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १४ गते २१:५७

१४ असोज, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो । केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार भोलि बिहान ११ बजे सचिवालय बैठक बस्नेछ ।

‘स्थान र एजेण्डाबारे प्रष्ट भइकेको छैन, तर बैठक बोलाइएको छ’, उनले भने ।

अत्याधिक वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले यसैलाई बैठकको एजेण्डा बनाइने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?