+

गण्डकीलाई हराउँदै चितवनको विजयी सुरुवात

२०८१ असोज  १५ गते ८:३३ २०८१ असोज १५ गते ८:३३
गण्डकीलाई हराउँदै चितवनको विजयी सुरुवात

१५ असोज, काठमाडौं । एभरेष्ट महिला भलिबल लिग(इडब्लुभीएल)को पहिलो दिनको अन्तिम खेलमा गण्डकी थन्डर्सलाई हराउँदै चितवन शक्तिले विजयी सुरुवात गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा आजको अन्तिम खेलमा गण्डकीले चितवनलाई ३–१ सेटले हराएको हो ।

चितवनले गण्डकीलाई २५–२२, १९–२५, २५–२३, २५–१७ ले पराजित गर्दै ३ अंक जोड्यो । पहिलो, तेस्रो र चौथो सेट जित्दै पहिलो जित निकालेको हो ।

पहिलो सेटमा ४ अंकले पछि परेको चितवनले १२ अंकमा आएर गण्डकीलाई भेटाएको थियो । १८ अंक सम्म यी दुई टिमले अघि पछि हुँदै खेलिरहे । २२ बराबर हुँदै पहिलो सेट चितवनले २५–२२ ले पहिलो सेट जितेको हो ।

दोस्रो सेटमा भने ९–५ ले गण्डकीले अग्रता बनाएको थियो । १५–९ ले पछि परेको चितवन २०–१२ ले पछि पर्दै २५–१९ले गण्डकीले दोस्रो सेटमा कमब्याक गरेको छ ।

तेस्रो सेटमा चितवनले अग्रता बनायो । सुरुवात देखि नै अग्रता बनाएको चितवनले १८–१० को अग्रता बनायो । २२–१५ को तर पछि गण्डकीले उत्कृष्ट कमब्याक गर्यो । जसले गर्दा खेल २४–२३ को अवस्थासम्म आयो । तेस्रो सेटको अन्तिममा चितवनी सुर्या सरसुरीले स्पाइक हान्दै चितवनलाई तेस्रो सेटको जित दिलाइन् ।

चौथो सेटमा सुरुमा गण्डकी थन्डर्सले अग्रता लिएको थियो । त्यसपछि भने चितवनले आफ्नो अग्रता गुमाएन । यसैसँगै चौथो सेटमा २५–१७ ले सेट जित्दै खेल जितेको हो ।

यस अघिको पहिलो खेलमा ललितपुर क्विन्सले काठमाडौं स्पाइकर्सलाई तथा दोस्रो खेलमा कर्णाली यस्विसले मधेश युनाइटेडलाई  समान ३–१ को सेटमा हरायो ।

लिगमा दोस्रो दिन पनि तीन खेल हुनेछ । पहिलो खेलमा गण्डकी र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ भने काठमाडौं र चितवनबीच दोस्रो खेल हुनेछ । यस्तै दिनको अन्तिम खेल ललितपुर र मधेशबीच हुनेछ ।

 

एभरेष्ट महिला भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय