+

भियारियल तेस्रो स्थानमा

२०८१ असोज  १५ गते ८:५० २०८१ असोज १५ गते ८:५०
भियारियल तेस्रो स्थानमा

१५ असोज, काठमाडौं । भियारियलले लस पल्ममसलाई ३-१ ले हराएर स्पानिस  ला लिगाको तेस्रो स्थानमा उक्लेको छ । घरेलु मैदानमा भियारियाललाई जिताउन निकोलस पेपे ४५औं थिएर्नो बारीले ८४औं र एलेक्स बाएनाले इन्जुरी टाइममा गोल गरे ।

बाएनाले खेलको ५२औं मिनेटमा पेनाल्टी मिस गरेका थिए । लस पल्मसका लागि ४७औं मिनेटमा फाबियो शिल्भाले गोल गरे ।

जितपछि ८ खेलबाट १७ अंक जोडेको भियारियाल एट्लेटिको मड्रिडलाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको हो । लस पल्मस भने यस जित जितविहीन छ र पाँच हार व्यहोर्‍यो । ८ खेलबाट ३ अंक मात्र जोडेको लस पल्मस पुछारमा छ ।

भियारियल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय