+

एनपीएल : चितवनको प्रशिक्षकमा उमेश पटवाल

२०८१ असोज  १५ गते ९:३७ २०८१ असोज १५ गते ९:३७
एनपीएल : चितवनको प्रशिक्षकमा उमेश पटवाल

१५ असोज, काठमाडौं । नेपालका पूर्वप्रशिक्षक उमेश पटवाल नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजको प्रशिक्षक बन्ने भएका छन् ।

चितवन राइनोजका अनुसार आधिकारिक सम्झौता हुन बाँकी भए पनि उनी आउने पक्का भएको छ । ‘उहाँ आउने पक्काछ । एक हप्ताअघि उहाँ चितवन आएर फर्किनु भएको थियो । अब एक दुई दिनमै अक्सन तयारी गर्न आउनुहुन्छ । तर, आधिकारिक सम्झौता हुन बाँकी छ’, स्रोतले भन्यो ।

एनपीएलको अक्सन २० असोजमा काठमाडौंमा हुँदैछ ।

पटवालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज २०२० फेब्रुअरीमा घरेलु मैदान टियुमा अमेरिका र ओमानसँगको खेलपछि नेपाली टोली छाडेका थिए । उनले आफ्नो तलब कम भएको भन्दै राजीनामा दिएका थिए ।

पछिल्लो पटक उनले नेपाल टी-२० लिगमा जनकपुरको मुख्य प्रशिक्षकको काम गरेका थिए । तर, नेपाल टी-२० लिग विवादको कारण बीचमै छाडेर गएका थिए ।

२०२१ मा एभरेष्ट प्रिमियर लिगमा पोखरामा रहेर पनि काम गरेका थिए । पोखरा प्रिमियर लिग २०१८ मा निर्देशकको रुपमा काम गरेका थिए ।

ब्याटिङ विशेष उनको नेपाली खेलाडीको तारिफ पनि गर्दै आएका छन् । उनको प्रशिक्षणमा नेपालको प्रदर्शन भने राम्रो रहेको थिएन । २०१९ मा टी-२० विश्वकप छनोटको क्षेत्रीय छनोटबाटै बाहिरिनेक्रममा सिंगापुर र कतारसँग हार्न पुगेको थियो ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले कास्य जितेको थियो । अक्सनमा नेपाली कस्तो पर्छन् त्यो हेरेपछि चितवन राइनोजले विदेशी खेलाडी टुङ्गो लगाउने जनाएको छ ।

उमेश पटवाल एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय