+
+

बाढी पसेपछि विश्वनितेकन माविका कक्षा ३ सम्मका विद्यार्थीलाई तिहारसम्म बिदा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते ९:३६

१५ असोज, काठमाडौ । त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माद्यमिक विद्यालयमा बाढीले क्षति पुर्‍याएपछि पठनपाठन बन्द गरिएको छ । बाढीले क्षति पुर्‍याएपछि कक्षा ३ सम्मका विद्यार्थीलाई तिहारसम्म बिदा दिइएको छ ।

गत बिहीबारदेखि शनिबार साँझसम्मको भारी वर्षासँगै बागमती नदीमा आएको बाढी विद्यालयमा पसेर क्षति पुर्‍याएको हो ।

बाढीका कारण भुइँतलामा रहेका फर्निचर, कम्प्युटर ल्याबका साथै महत्वपूर्ण कागजपत्र तथा शैक्षिक सामग्रीहरु नष्ट भएको विद्यालयका शिक्षक डिल्लीराम पौडेलले जानकारी दिए । उनका अनुसार डुबानमा परेर विद्यार्थी बोक्ने दुईवटा स्कुल बस बिग्रिएका छन् । दुवै बसको इन्जिनमा समस्या देखिएको छ ।

पौडेलका अनुसार ल्याबमा रहेका ३० थान ल्यापटप प्रयोग गर्नै नमिल्ने गरी बिग्रिएका छन् । सबैगरी एक करोडभन्दा बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको उनले बताए ।

भुइँ तलामा बाढी पसेका कारण नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीको पठनपाठन प्रभावित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?