+
+

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १०:०२

१५ असोज, जनकपुरधाम। । धनुषाको जनकपुर ढल्केबर सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका १ का २७ वर्षीय सत्यनारायण यादव छन् । मोटरसाइकल पछाडि बस्ने वर्ष ५७ का गणपत यादव घाइते भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

सोमबार राति सवा ८ बजे जनकपुरबाट तिव्रगतिमा ढल्केवरतर्फ जाँदै गरेको प्रदेश २–०२–००३ प ८३११ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका २ नक्टाझिज स्थित अनियन्त्रित भएर दुर्घटना भएको हो ।

चालक सत्यनारायणको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए । घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?