+
+

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन लम्बियो

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १०:३५

१५ असोज, काठमाडौं । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन लम्बिएको छ । १० असोज देखि सुरु भएको सम्मेलन हिजो (१४ असोज) सक्ने गरी कार्यतालिका बनाइएको थियो ।

निर्धारित समय अनुसार नयाँ कार्यसमितिको चयन हुन सकेको छैन । आइतबार वर्षातका कारणले बन्दसत्र रोकिएको थियो । सोमबार उमेर हद कायम गर्ने /नगर्ने र प्रतिनिधि विवादले कार्यतालिका कार्यान्वयन हुन सकेन ।

सात जिल्लामा रहेको प्रतिनिधि विवाद टुंग्याएर सोमबार अबेर उमेर हद कायम गर्ने/नगर्नेमा मतदान गर्ने तयारी थियो । प्रतिनिधि विवाद समाधान हुन नसकेपछि उमेर हदको टुंगो लाग्न सकेको छैन ।

विघटित केन्द्रीय समितिका उपाध्यक्ष क्षितिज सापकोटाका अनुसार सोमबार राति प्रतिनिधि विवाद टुंगिएको छ । निर्वाचन समितिलाई प्रतिनिधि यकिन गरेर हस्तान्तरण गरेपछि आज १२ बजेपछि उमेर हदमा मतदान हुने सापकोटाले जानकारी गराए ।

उमेर हदको टुंगो आज लागेपछि बुधबार मात्रै नयाँ कमिटीका लागि मतदान हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?