+
+

प्रस्तावित प्रधान्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १०:४६

१५ असोज, काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधान्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ ।

संसीय सुनुवाइ समितिले आह्वान गरेको निर्धारित १० दिनभित्र ६ वटा उजुरी परेको हो । प्राप्त उजुरी समिति सदस्यहरूलाई वितरण गरिएको छ ।

राउतविरुद्ध सैनिक ऐनको व्याख्याका सम्बन्धमा प्रश्न उठाइएको छ । नेपाली सेनाका अवकाश प्राप्त सेनानी प्रज्वल बस्नेतले अमेरिकाबाट उजुरी दिएका हुन् ।

राउतले गरेको सैनिक ऐनको व्याख्याका सम्बन्धमा प्रश्न उठाइएको छ । राउतले गरेको व्याख्याबारे सांसदहरूसँग विस्तृत छानबिन र प्रश्नोत्तर माग गरिएको छ ।

श्रीमतीसँग विवादित र झगडिया रहेको टिप्पणी गर्दै अर्को उजुरी परेको छ ।

कतिपय न्यायाधीशमाथि छानबिन गर्नुपर्ने दाबी गर्दै छानबिन कि हुँदैन भन्ने अर्को प्रश्न गरिएको छ ।

नेपाली सेनाविरुद्धको मुद्दामा सदैव स्थगित गर्ने गरेको आरोप लगाएर अर्को उजुरी परेको छ ।

चितवनकी शुभलक्ष्मी थपलियाले राजमार्गमा परेका कारण आफ्नो ११ आना जग्गा गुमेको र बाँकी रहेको ३ आना जग्गाबारे अदालतले गरेको फैसलाले उठिबास लगाएको आरोप लगाउँदै उजुरी दिएकी छन् ।

उजुरीकर्ताले अदालत सुधारको उपायबारे धारणा समेत माग गरेका छन् ।

न्यायपालिकामा भैरहेका भ्रष्टाचारजन्य कार्यहरू समाधान हुन्छन् र जनताले सहज र प्रभावकारी न्याय सेवा पाउँछन् भन्ने ग्यारेण्टी के छ ? भनेर सोधिएको छ ।

बाजुराका गगन ऐडीले न्यायाधीश राउतसँग प्रमाण मूल्यांकन गर्ने क्षमता नै नभएको आरोप लगाउँदै उजुरी दिएका छन् ।

न्यायाधीश प्रकाशमान सिंह राउत सम्मिलित इजलासबाट छोरा चेतनदास ऐडीको हत्यामा संलग्न भएकाहरूलाई साधारण तारेखमा छाडिएको उल्लेख गर्दै यस्तो उजुरी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?