+
+

कांग्रेस र एमालेले बोलाए संसदीय दलको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १०:४६

१५ असोज, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दल तथा नेकपा एमालेले सचिवालय र संसदीय दलको बैठक बोलाएका छन् । दुबै दलले वर्षाले पुर्याएको क्षति, राहत, उद्धार र पुनः निर्माणका बारेमा छलफल गर्न बैठक बोलाएका हुन् ।

संसदीय दलको बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । संसदीय दलको बैठक अघि दिउँसो १ बजे संसदीय दलको कार्यसमितिको बैठक बस्ने भएको छ । बैठक संघीय संसद भवन नयाँ वानेश्वरस्थित लोत्सेहलमा बस्ने भएको छ । निरन्तरको वर्षाका कारणले पीडित बनेका नागरिकलाई राहत, उद्धार र पुनर्निर्माणका बारेमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

कार्यसम्पादन समितिको बैठकले प्रत्येक सांसदको १५ दिनको तलब पीडितको सहयोगका लागि प्रदान गर्ने निर्णय गरेको छ । संसदीय समितिको बैठकले कार्यसम्पादन समितिको निर्णयलाई अनुमोदन गर्ने भएको छ ।

एमालेले ११ बजे सचिवालय र १२ बजे संसदीय दलको बैठक बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?