+
+

रजनीकान्त अस्पताल भर्ना, मुटुको शल्यक्रिया गरिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १३:१४

काठमाडौं । मुटुमा समस्या भएपछि दक्षिण भारतीय फिल्म सुपरस्टार रजनीकान्त अस्पताल भर्ना भएका छन् । उनलाई चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको पीटीआईले जनाएको छ । उनको आइतबार नै मुटुको शल्यक्रिया गरिने अस्पताल स्रोतले जनाएको छ । हाल उनको अवस्था स्थिर रहेको पीटीआईले जनाएको छ ।

उनको स्वास्थ्य अवस्थाबारेमा जानकारी दिंदै पत्नी लताले भनिन्, ‘सबै ठीक छ । पछिल्लो केही वर्षयता रजनीकान्तको स्वास्थ्य पटक-पटक बिग्रिएको छ । रजनीकान्तको पनि सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।’

सन् २०२० मा पनि उनलाई ‘गम्भीर उच्च रक्तचाप र थकान’का कारण हैदराबादको अस्पतालमा भर्ना गरिएको थियो । रक्तचाप स्थिर भएपछि डाक्टरले उनलाई एक हप्ता आराम गर्न सल्लाह दिएपछि डिसेम्बर २७ मा डिस्चार्ज गरिएको थियो ।

गत वर्ष चेन्नईको एक कार्यक्रममा रजनीकान्तले पछिल्ला केही वर्षमा आफूले सामना गर्नुपरेको स्वास्थ्य चुनौतीको बारेमा कुरा गरेका थिए ।

निर्देशक टीजे ज्ञानवेलसँग रजनीकान्तको पहिलो सहकार्यमा बनेको ‘वेट्टाइयान’ अक्टोबर १० मा रिलिज तय छ । लायका प्रोडक्सनद्वारा निर्मित फिल्ममा अमिताभ बच्चन, फहद फासिल, राणा दग्गुबाती, मञ्जु वारियर, ऋतिक सिंहको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?