+
+

मुम्बई फिल्म फेस्टिभलको एकै विधामा भिड्दै ‘पूजा, सर’ र ‘शाम्बाला’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १३:२३

काठमाडौं । दुई नेपाली फिल्म ‘पूजा, सर’ र ‘शाम्बाला’ यस वर्षको मुम्बई फिल्म फेस्टिभलको एउटै विधामा भिड्ने भएका छन् । फेस्टिभलको ‘साउथ एसिया कम्पिटिसन’मा दुई फिल्म छनोट भएका छन् ।

फेस्टिभलले सार्वजनिक गरेको यस वर्षको लाइनअपमा दीपक रौनियार निर्देशित भेनिसको वर्ल्ड प्रिमियर फिल्म ‘पूजा, सर’ र मीनबहादुर भाम निर्देशित बर्लिनको वर्ल्ड प्रिमियर ‘शाम्बाला’ले प्रतिस्पर्धा गर्न लागेको उल्लेख छ ।

यो विधाको प्रतिस्पर्धामा भुटानको ‘एजेन्ट अफ ह्याप्पिनेस’, भारतको ‘गर्ल्स विल बि गर्ल्स’, भारतकै ‘किस वागन’, श्रीलंकाको ‘लिटर जाफ्ना’, भारतको ‘नकटर्निज’, ‘रिदम अफ फ्लावर्स’, ‘सन्तोष’, ‘द फेबल’ र ‘भिलेज रकस्टार २’ छन् ।

यस वर्षको मुम्बई फिल्म फेस्टिभल १९ देखि २४ अक्टोबरसम्म मुम्बईमा आयोजना हुँदैछ । ६ दिने फेस्टिभलमा ४५ मुलुकका, ५० भन्दा धेरै भाषाका, ११० भन्दा धेरै फिल्म स्क्रिनिङ हुने जनाइएको छ ।

‘पूजा, सर’को नेपाल प्रदर्शन मिति तय भइसकेको छैन । ‘शाम्बाला’ अहिले पनि हलमा चलिरहेको छ । ‘शाम्बाला’ले यस वर्ष नेपालबाट अस्करमा प्रतिनिधित्व गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?