+
+

विराज भट्ट निर्देशित एक्सनप्रधान फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १५:१७

काठमाडौं । विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । यो एक्सनप्रधान ट्रेलरले १२ गाउँ नामक एक काल्पनिक थलोको शोषक र सामन्त, जन्मिदारविरुद्ध संघर्ष गर्ने पात्रहरुको कथा भन्छ ।

ट्रेलरमा निर्देशक समेत रहेका बाबु विराज र छोरा समीर पुरै एक्सन अवतारमा प्रस्तुत छन् । समीरको यो डेब्यु फिल्म समेत हो । एक्सन कोरियोग्राफी, छायांकन र प्रोडक्सन डिजाइनमा ट्रेलर विशेष छ ।

ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे खुलासा गर्छ । तपाईंलाई एक्सन फिल्ममा रुचि छ भने, यो फिल्म दर्शनीय हुनसक्छ । लामो समयपछि एक्सन अवतारमा देखिएका विराज र उनको लिगेसीलाई निरन्तरता दिनमा पर्दामा अवतरण गरेका समीरबीचको यो एक्सन सहकार्य ट्रेलरको खास पक्ष हो ।

दक्षिण भारतीय एक्सन कोरियोग्राफर स्टन्त सिल्भा र शंकर महर्जनको एक्सन कोरियोग्राफी रोचक देखिन्छ । फिल्ममा विराज र समीरबाहेक पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र म्युजिक भिडियोकी अभिनेत्री सनिशा भट्टराईसहित कनिज कोइराला, मुरलीधर, दीया मास्के, सोन चन्द्रपाल, नरेन खड्का लगायतको अभिनय छ ।

विराजको होमप्रोडक्सनले फिल्म निर्माण गरेको हो । यो फिल्म असोज २४ गते दशैंको फूलपातिमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?