+
+

विपद् राहत र पुनर्स्थापनाका लागि माओवादीको स्वयंसेवक अभियान सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १५:५२

१५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले विपद व्यवस्थापनका लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन गर्ने भएको छ ।

पार्टी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले बाढी प्रभावित क्षेत्र बल्खुमा आज राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन अभियान उद्घाटन गरेका हुन् ।

मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपद् व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आरोपसमेत लगाए ।

अभियान उद्घाटनका क्रममा प्रचण्डले बल्खुका बाढीपीडितहरूसँग भेट तथा अन्तक्रिया पनि गरेका थिए । उनले सो क्षेत्रको स्थलगत अवलोकन, पीडित जनतालाई सम्बोधन साथै त्यहाँ गर्नुपर्ने आवश्यक सहयोगका लागि पहल लिने आश्वासन दिए ।

बल्खुको जागरण टोलमा ४१७ घर परिवार बाढीबाट प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?