+
+

कांग्रेस बैठकमा गृहमन्त्री ब्रिफिङ : आठ टोली बनाएर क्षतिग्रस्त जिल्ला पठाएका छौं

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १६:१९

१५ असोज, काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा आठ टोली बनाएर बाढीले क्षतिग्रस्त बनाएको ८ जिल्लामा पठाएको जानकारी गराएका छन् ।

कांग्रेस संसदीय दलको बैठकमा बाढी, पहिलोले पुर्‍याएको क्षति र सरकारको कार्यबारे जानकारी गराउने क्रममा लेखकले ७ सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरिएको बताए ।

पिडितका लागि तत्काल अस्थायी आवास र केही समयपछि स्थायी आवास बनाउने व्यवस्था सरकारले गर्ने जानकारी लेखकले गराए। क्षतिग्रस्त संरचनाको मर्मत गरि संचालनका लागि काम अगाडि बढेका तथा राहत र घाइतेको उपचारबारे कांग्रेस सांसदलाई जानकारी गराएका थिए ।

गृहमन्त्री लेखकले सरकारको आलोचना भएको नख्खुको घटना बारे पनि जानकारी गराएका थिए । ‘सशस्त्र प्रहरीको बोट पल्टिँदा उद्धारमा समस्या भएको हो । त्यतिबेला नेपाली सेनाको हेलिकप्टर उडाउन भिजिविलिटी भएन,’ लेखकले भने,‘एक जना स्थानीयले उद्धार गरेपछि नेपाल प्रहरीकै गाडीमा अस्पताल लगिएको थियो ।’

प्रहरीले सहयोग नगरेको भन्ने होइन ।’ एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नू न्यायोचित नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?