+
+

दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १६:४५

१५ असोज, काठमाडौं। दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा  गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

काठमाडौँका जिल्ला अदालतका  न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले ५०/ ५० हजार धरौटीमा छाड्न आदेश भएको साइबर ब्‍यूराका एसपी दीपकराज अवस्थीले बताए । यसअघि प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो ।

गत ६ असोजमा भक्तपुरबाट पक्राउ परेका प्रसाई हिरासतमा परेपछि बिरामी भएको भन्दै अस्पतालमा थिए । अभियोगमा उनीमाथि अधिकतम अर्थात ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?