+
+

अखिल क्रान्तिकारीको सम्मेलनमा आज पनि झडप

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १७:०१
फाइल तस्वीर

१५ असोज, काठमाडौं। अखिल क्रान्तिकारीको २३ औं सम्मेलनमा आज पनि झडपको स्थिति उत्पन्न भएको छ । उमेर हद कायम गर्नुपर्ने र गर्न हुँदैन भन्ने पक्ष बीचमा सम्मेलनमा हलमा हात हालाहाल भएको हो ।

सात जिल्लाको प्रतिनिधि विवाद टुंगाएर निर्वाचन समितिले उमेर हदका लागि निर्वाचन गर्ने तयारी गरिरहेको बेला दुई पक्ष वीच विवाद भएको हो । विवादले गर्दा उमेर हद लागु गर्ने/नगर्ने टुंगो लगाउनका लागि हुने निर्वाचन सुरु हुन सकेको छैन ।

‘दुई पक्ष वीचमा हात हालाहाल, कुर्ची हानहानको स्थिति पैदा भएको छ। उमेर हद कायम गर्ने र गर्नहुँदैन भन्ने पक्षको विवाद आज पनि देखियो,’ अखिल क्रान्तिकारीका एक पूर्व पदाधिकारीले भने,‘लगभग प्रतिनिधिको विवाद टुंगिएको थियो । निर्वाचन समितिलाई प्रतिनिधिहरु टुंगाएर हस्तान्तरण गर्दा समेत मतदान सुरु हुन सकेन ।’

दुई पक्षको विवाद टुंगाउनका लागि पार्टीले उपमहासचिव शक्ति बस्नेतलाई सम्मेलन हलमा खटाएको छ । बस्नेतले दुई पक्षको विवाद मिलाउने प्रयास गरेपनि सम्भव हुन नसकेको क्रान्तिकारीका विद्यार्थी नेताहरुले बताएका छन् ।

१० असोज देखि जारी सम्मेलन हिजो सक्ने भनिएपनि थप लम्बिएको छ । उमेर हदको विषयले विवाद भएपछि नयाँ कमिटीको निर्वाचन समेत अन्योलमा परेको छ । विवाद देखिएकाले मिलाउने प्रयत्न भइरहेको संगठनका प्रवक्ता जीपी मैनालीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?