+
+

टेक्नोको नयाँ फोन स्पार्क ३० सी सार्वजनिक, मूल्य कति ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १७:११

काठमाडौं । नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ ।

विशेष गरी जेन जी कलेजका विद्यार्थी र ट्रेन्डसेटरहरूका लागि डिजाइन गरिएको यस फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता र अत्याधुनिक प्रविधिको संयोजन रहेको छ ।

स्पार्क ३० सी को सुरुवाती मूल्य १६ हजार ४ सय ९० रुपैयाँ (६+१२८ जीबी भेरियन्ट) र ८+२५६ जीबी भेरियन्टको मूल्य १९ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।

३० सेप्टेम्बरदेखि अनलाइन र अफलाइन दुवै माध्यममा उपलब्ध हुने यो फोनले गेमिङ, मल्टिटास्किङ र मनोरञ्जनको उत्कृष्ट अनुभव प्रदान गर्ने दाबी कम्पनीको छ ।

५० एमपी एचडी प्राइमरी क्यामेरा, ५००० एमएएच क्षमताको ब्याट्री  र १ सय २० हर्ट्ज डिस्प्ले जस्ता विशेषताले यो फोनलाई अझ आकर्षक बनाएको छ ।

साथै थप आकर्षण यसको १२ प्लस १ महिनाको वारेन्टीमा १०० दिनसम्म फोन रिप्लेसमेन्टको ग्यारेन्टी समेत रहेको कम्पनीको भनाइ छ ।

टेक्नो नेपालका नेसनल पार्टनर सन्तोष भण्डारीले स्पार्क ३० सीले नवीनता र स्टाइललाई नयाँ उचाइमा पुर्‍याएको बताए ।

यो फोनले युवाहरूको जीवनशैलीसँग मेल खाने विशेषताहरूको संयोजन गरेकोले भीडमा पनि फरक पहिचान दिलाउने उनको भनाइ छ ।

स्पार्क ३० सी को अर्बिट ब्ल्याक, अर्बिट ह्वाइट, र म्याजिक स्किन ग्रीन रंगमा उपलब्धता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?