+
+

८० वर्षीया चोई किन सहभागी भइन् मिस युनिभर्समा ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १७:३५

तपाईं आफ्नो उमेरको ८० को दशकलाई कसरी बिताउन चाहनुहुन्छ ?

कसैले बगैंचा गोडमेल गर्लान्, कोहीले भाषा सिक्लान्, कोही यात्रामा निस्किएलान् र कोहीले बालबालिकासँग समय बिताउलान् । सायदै यो उमेर मोडलिङ करिअर सुरु गर्ने उद्देश्य बोकेर कोही अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्रवेश गर्ला ।

तर चोई सुन ह्वाको लागि यो कुनै दिमागी निर्णय थिएन । यस साता ८१ वर्षीया चोई आफूभन्दा झण्डै तेब्बर कान्छी महिलाहरुसँग मिस युनिभर्सको उपाधि जितेर आगामी वर्ष मेक्सिकोमा हुने फाइनलमा पुग्ने आशासहित र्‍याम्पमा उत्रिइन् ।

प्रश्न उठ्छ, किन ?

‘बच्चा हुर्काइसकेपछि र कठिनाइहरु पार गरिसकेपछि, अब तपाईंले के गर्न चाहनुहुन्छ भनेर खोज्न आवश्यक छ’ अस्पतालकी पूर्वकर्मचारीले स्टेजबाट ओर्लिएपछि बीबीसीलाई भनिन् ।

‘एकचोटि तपाईंले यो उपलब्धि हासिल गर्नुभयो भने यसले तपाईंको जीवन ऊर्जाशील बन्छ । यसले तपाईंको जीवनलाई अघि बढाउँछ । जसले सकारात्मक दृष्टिकोण र मानिससँग स्वस्थ सम्बन्ध प्रदान गर्छ । यसले तपाईंलाई कल्याण पनि गर्छ’ उनले भनिन् ।

अस्पतालमा एक बिरामीले ७२ वर्षको उमेरमा पनि मोडलिङ गर्न सुझाव दिएपछि उनले मोडलिङलाई अँगालेकी हुन् । पछिल्ला वर्षहरुमा उनी दक्षिण कोरियामा परिचित अनुहार बनिसकेकी छिन् । उनी फेसन सप्ताहको रनवेमा समेत हिंडेकी छन् । तर उनलाई देशबाहिर करिअर सुरु गर्न गाह्रो छ ।

चोइ जन्मिएको नौ वर्षपछि सुरु भएको मिस युनिभर्स सौन्दर्य प्रतियोगिताले जब २८ वर्षभन्दा माथिकाले सहभागी हुन नपाउने नियम हटायो, तब चोइले भाग लिने निर्णय गरिन् । योसँगै उनी अहिलेसम्मकै वृद्ध प्रतियोगी बनिन् ।

‘मैले कल्पना गर्न नसक्ने कुरा थियो यो’ उनी भन्छिन्, ‘मोडेलको रुपमा म धेरै वर्षदेखि अन्तर्राष्ट्रिय मञ्चमा पाइला चाल्ने इच्छा राख्दै थिएँ’ चोइ भन्छिन्, ‘यद्यपि, मेरो लागि कुनै स्पष्ट मार्ग वा निर्देशन थिएन, तर मिस युनिभर्स प्रतियोगितामा उमेरको कुनै प्रतिबन्ध नभएकाले मैले विश्वव्यापी चरणमा पुग्ने लक्ष्यका साथ भाग लिएँ ।’

विवाहित महिला, ट्रान्सजेन्डर महिला र एकल आमालाई भाग लिन अनुमति दिने निर्णयले हालैका वर्षमा मिस युनिभर्स प्रतियोगिता थप विविधतातर्फ अघि बढेको देखिएको छ । तर उनको प्रवेशले निकै हलचल ल्यायो ।

‘मलाई देखेर सहभागी छक्क परे । जब उनीहरूले म ८० वर्षकी रहेको थाहा पाए, उनीहरूले प्रशंसा व्यक्त गर्दै भने, म तपाईं जस्तै बूढी हुन चाहन्छु’ उनले स्वीकारिन् ।

यसले उनलाई आशा गरेजस्तै अन्तर्राष्ट्रिय चासो ल्याएको छ । चोईले विश्वभर मिडियाका हेडलाइन कमाएकी छन् ।

तर मेक्सिकोका लागि उनलाई टिकट काटिएको थिएन । बरु उनको सट्टामा २२ वर्षीया सुन्दरी हान एरियलले जितिन् । चोई पूर्णरुपमा खाली हात घर फर्किइनन्, तर ‘बेस्ट ड्रेस’को उपाधि जितिन् ।

ताजका लागि प्रतिस्पर्धा गर्ने धेरै वृद्ध महिलामध्ये पहिलो हुने आशा राख्दै र सौन्दर्य मापदण्डलाई चुनौती दिने सोच राख्दै उनी भन्छिन्, ‘सहभागी हुन सक्षम हुनु मात्र एउटा अचम्मको र सम्मानजनक अनुभव हो ।’

‘यो अझै नयाँ भएकोले धेरै चर्चा छ । तर धेरै वयोवृद्ध महिलाले भाग लिन थालेपछि उनीहरूप्रतिको दृष्टिकोण परिवर्तन हुनेछ र त्यहाँ एक समय आउनेछ जब उनीहरुले विश्व प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्छन्’ उनी भन्छिन्, ‘तर अहिलेको लागि अझै पनि युवाहरूले स्टेज लिन समय छ ।’

त्यसपछि जे पनि हुन्छ, उनलाई थाहा छ कि उनका केही ठूला फ्यान २३ र २४ वर्षका नातिका रूपमा सधैं घरमा हुनेछन् ।

‘मेरा नातिनातिनाहरूले मलाई यसो भन्दै हौसला दिन्छन्- ‘हाम्री हजुरआमा एकदमै राम्रो, सुन्दर, सुन्दर र उत्कृष्ट हुनुहुन्छ !’ उनी सुनाउँछिन् ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?