+
+

टप १० ब्रोकर कम्पनीले कति गरे किनबेच ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १८:३४

१५ असोज, काठमाडौं । मंगलबार  सेयर बजारको परिसूचक नेप्से ११४ अंक बढ्यो । कुल ७ अर्ब ६१ करोड रुपैयाँको धितोपत्र कारोबार भयो ।  यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको अंश ३५.७६ प्रतिशत हो । यस दिन टप १० ब्रोकर कम्पनीमार्फत कुल २ अर्ब ८६ करोडको खरिद हुँदा २ अर्ब ५८ करोड रुपैयाँ बराबरको बिक्री भयो ।

यस दिन टप १० ब्रोकर कम्पनीमध्ये ८ को खरिद धेरै देखिन्छ भने २ को बिक्री धेरै देखिन्छ । नासा, भृकुटी, भिजन, डायनामिक, सनी, अनलाइन, आर्यतारा र दिपशिखामार्फत खरिद धेरै भएको छ । सारेप्रो र इम्पेरियलमार्फत बिक्री धेरै भएको छ ।

टप १० ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीमा एनएलजी इन्स्योरेन्स, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर, सीईडीबी हाइड्रोपावर, हिमालयन रिइनस्योरेन्स, शिवम् सिमेन्ट लगायत कम्पनी अगाडि देखिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?