+

शिशिरले जिते जिल्लास्तरीय स्नूकरको उपाधि

२०८१ असोज  १५ गते २०:०० २०८१ असोज १५ गते २०:००
शिशिरले जिते जिल्लास्तरीय स्नूकरको उपाधि

१५ असोज, बुटवल। भैरहवाका शिशिर गुरुङले आठौं रुपन्देही जिल्लास्तरिय मेयर कप स्नुकर प्रतियोगिताको उपाधि जितेका छन् । मंगलबार भैरहवास्थित क्रेजि क्यु क्लब हाउसमा भएको फाइनल खेलमा शिरिले बुटवलका संजय कार्कीलाई ५–२ ले हराउदै उपाधि जितेका हुन् ।

रुपन्देही पुल तथा स्नुकर संघको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा १२८ जना खेलाडी सहभागी थिए । उपाधिसँगै गुरुङले ६१ हजार रुपैया तथा उपविजेता कार्कीले २५ हजार रुपैयां कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भए ।

यस्तै सर्वाधिक (५१) ब्रेकर सुजन पुन मगरले नगद १० हजार रुपैया र उदियमान खेलाडी घोषित प्रमोद थैवले ५ हजार नगद, र प्रमाणपत्रबाट पुरस्कृत भएका प्रतियागिता संयोजक एवं संघका सल्लाहकार विजय थापाले जानकारी दिए ।

विजयी खेलाडीलाई सिद्धार्थनगर नगरपलिकाका नगर प्रमुख इस्तियाक अहमद खाँ,रुपन्देही पूल तथा स्नुकर संघका अध्यक्ष सुजन पुन, संस्थापक अध्यक्ष हरि क्षेत्री, बुटवल उपमहानगरका प्रवक्ता शिव राना, खेलाडी कोशिष खड्का लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

यसअघि संघको आयोजनामा सात वटा जिल्लास्तरीय प्रतियोगिता बुटवलमा भइसकेकामा यसपटक भैरहवामा आयोजित प्रतियोगिताले भैरहवा क्षेत्रका खेलाडीहरुमा उत्साह बढेको संघका अध्यक्ष सुजन पुनले बताए ।

जिल्लास्तरीय स्नूकर शिशिर स्नूकर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय