+
+

वीपी राजमार्गको नेपालथोकमा डाइभर्सनको काम सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते २०:०९

१५ असोज, जनकपुरधाम । वीपी राजमार्ग अन्तर्गत नेपालथोकबाट डाइभर्सनको काम सुरु भएको छ ।

बुधबारसम्म सिन्धुलीदेखि काभ्रे जिल्लासम्मको ट्रयाक खुल्ने सडक डिभिजन कार्यालय खाल्टेका इन्जिनियर सन्देशराज ढुंगेलले जानकारी दिए ।

भोलिसम्म आफ्नो क्षेत्रको सडकको काम सकेर अन्य क्षेत्रको काम थाल्ने ढुंगेलले बताए ।

सिन्धुलीको खुर्कोटस्थित सुनकोशी मरिन डाइभर्सन नजिक भासिएको सडक मर्मत तथा विभिन्न ठाउँमा पहिरोले अवरोध गरेको बाटो खुलाएर नेपालथोकसम्मको सडक आइतबार साँझसम्म सडक डिभिजन खाल्टेले खुलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?