+
+

बाबरले छाडे पाकिस्तानको कप्तानी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १:३०

१६ असोज, काठमाडौं – पाकिस्तानका ब्याटर बाबर आजमले ओडीआई र टी-२० आईबाट कप्तानी छाडेका छन् । टी-२० विश्वकपमा खराब प्रदर्शनपछि आलोचना खेप्दै आएका उनले कप्तानी छाड्ने निर्णय लिएका हुन् ।

सामाजिक सञ्जाल मार्फत उनले ब्यक्तिगत विकास र अझ इनर्जीको लागि कप्तानी छाडेको जनाएका छन् ।

गतवर्ष एकदिवसीय विश्वकपमा सेमिफाइनल पुग्न नसकेपछि बाबरले तीनै संरचनाबाट कप्तानी छाडेका थिए । त्यसपछि पाकिस्तानले टेस्टमा सन मकसुद र टी-२० क्रिकेटमा शाहिन शाह अफ्रिदीलाई कप्तान बनाएको थियो ।

अफ्रिदीले केही खेलमा कप्तानी गरेपछि छाडेका थिए । त्यसपछि बाबर पुन गत अप्रिलमा पाकिस्तानको सिमित ओभरको कप्तान नियुक्त भएका थिए ।

वर्तमान समयका उत्कृष्ट ब्याटर बाबर आजम पछिल्लो समय लयमा छैनन् । टोली भित्रको गुट र आन्तरिक राजनीति कारण पाकिस्तानले पछिल्लो समय लगातार खराब प्रदर्शन गर्दै आएकोछ ।

बाबरले छाडेसँगै अव मोहम्मद रिजवान र सादब खान मध्य एक कप्तान बन्ने सम्भावना देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?