+

एनपीएलका कुन मालिकले के भने ?

२०८१ असोज  १६ गते ९:३४ २०८१ असोज १६ गते ९:३४
एनपीएलका कुन मालिकले के भने ?

१६ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मालिक, फ्रेन्चाइज टोलीको पूरा नाम र लोगो सार्वजनिक भएको छ । मंगलबार नेपाल क्रिकेट संघ(क्यान) ले एक कार्यक्रमकाबीच उक्त घोषणा गरेको हो ।

एनपीएल मंसिर १५ देखि पुष ६ सम्म काठमाडौंमा सिंगल राउण्ड रोविनको आधारमा हुँदैछ । अक्सन असोज २० मा हुँदैछ । मालिक सार्वजनिक कार्यक्रममा सबैको भनाइ यस प्रकार छ

काठमाण्डु गुर्खाज
स्वामित्व : कान्तिपुर मिडिया ग्रुप
टिम अक्सनमा खर्चेको रकम : ३ करोड ३३ लाख रुपैयाँ
मालिक : कैलाश सिरोहा, उपेन्द्र महतो र अरुण सरार्फ
मार्की खेलाडी :  करण केसी

काठमाण्डु गुर्खाजका उपेन्द्र महतो भन्छन्:

जुन देशमा हिउँ नै हिउँ छ, त्यो देशमा क्रिकेट सुरु गर्दाखेरि सबैले तारिफ गरे र नेपाललाई हेर्ने नजरमा परिवर्तन गरे त्यो सपना आज एनपीएलबाट पनि पूरा भइरहेको देखेको छु नेपालीहरू खेलमा धेरै अगाडि छन् विविध कारणवश एउटा प्लेटफर्म नभएर व्यावसायिक रूपमा अगाडि बढाउन नसकेको होला लगानी अभाव भएर होला, हामी अगाडि बढ्न सकिरहेका थिएनौं

कर्णाली याक्स

स्वामित्व : हिमालयन बिल्डर्स इन्जिनियर्स

मूल्य : १ करोड ११ लाख रुपैयाँ

मालिक : झनक दत्त खनाल र गृहेन्द्र घिमिरे

मार्की खेलाडी : सोमपाल कामी

प्रशिक्षक तथा निर्देशक : ज्ञानेन्द्र मल्ल

कर्णाली याक्सका गृहेन्द्र घिमिरे भन्छन्:

एनपीएल आयोजना गरेर निजी क्षेत्रलाई खेलसँग जोड्ने एउटा पुल निर्माण गरेकामा क्यानलाई विशेष धन्यवाद दिन चाहान्छु । खेल भन्नेबित्तिक्कै दिपक विष्ट, पारस खड्का र पछिल्लो समय पलेश गोवर्धन बैनी । सबै खेल देशलाई चिनाउन खेलिने । एनपीएलले संसारलाई देखाई सकेको छ । क्रिकेटप्रतिको सम्भावना देखाइसकेका छौं ।

अस्ति एउटा स्पोन्सर लिन जाँदा भन्नु भएको थियो, यति सानो देशमा पनि यति ठूलो कार्यक्रम । तपाईंहरु गर्न सक्नुहुन्छ त ? अनि मैले भनें-विश्वकपमा सायद तपाईंहरुले डालसमा नेपालको खेल हेर्न जानु भएन होला !
हामी निर्माण क्षेत्रमा काम गरिरहेकाहरू क्रिकेटमा किन भनेर प्रश्न पनि उठ्न सक्छ । तर, जबसम्म निजी क्षेत्रले खेलकुद व्यावसायिक पार्न मदत गर्न सक्दैन, त्यो खेलले आफ्नो उद्देश्य पूरा गर्न सक्दैन । खेल जित्नका लागि खेलिन्छ, कसले जित्छ भन्दा पनि हामी देशलाई चिनाउने उद्देश्यका साथ प्रतिस्पर्धा गर्नेछौं ।

पोखरा एभेन्जर्स

स्वामित्व : नेपाल टी–२० प्रालि

मूल्य : ३ करोड ५७ लाख रुपैयाँ

टिम मालिक : सुबोध त्रिपाठी र मनोबल श्रेष्ठ

मार्की खेलाडी : कुशल भुर्तेल

पोखरा एभेन्जर्सका सुबोध त्रिपाठी भन्छन्:

एउटा फ्रेन्चाइज टोलीको हिसाबमा हामी क्यानसँग मिलेर यो लिगलाई विश्वमा पुर्‍याउन चाहन्छौं  । पोखरा एभेन्जर्सले ग्रास रुटदेखि नै क्रिकेटको विकास गर्न भूमिका खेल्ने छ ।

त्यसका साथै हामीमाथि अर्को ठूलो जिम्मेवारी छ, जलवायु परिवर्तनको चेतना जगाउनु । पोखरा एभेन्जर्सले यसको वकालत गर्नेछ । ग्लोबल वार्मिङको विषयलाई लिएर पोखराले आफ्नो जर्सी समुन्द्र सतहभन्दा झन्डै ४ हजार उचाइमा रहेको लोमान्थाङमा अनावरण गर्नेछ । आफ्नो झन्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने छ । हामीले यसलाई जिम्मेवारीको रूपमा लिएका छौं ।

लुम्बिनी लायन्स

स्वामित्व : फोर्चुना हेल्थ केयर

मूल्य : १ करोड ८६ लाख रुपैयाँ

टिम मालिक : ईश्वर जिसी

मार्की खेलाडी : रोहित पौडेल

लुम्बिनी लायन्सका ईश्वर जिसी भन्छन्:

क्रिकेट त देशलाई माया गर्ने एउटा आधार भयो । हामी पनि लुम्बिनी लायन्स भएर क्रिकेटको महासंग्राममा जोडिन पाउँदा एकदमै खुसी छौं । लुम्बिनी लायन्स भनेर जसरी हामीले नामकरण गरेका छौं, लुम्बिनीलाई हामी क्रिकेटको माध्यमबाट पनि अन्तर्राष्ट्रियस्तरमा चिनाउने कोसिस गर्नेछौं ।

लुम्बिनी गौतम बुद्धको घरमात्र नभएर क्रिकेटको पनि एउटा घर हुनेछ । क्रिकेटसँगै पर्यटन, रोजगारको पनि प्रयास गर्ने छौं । क्रिकेट एउटा देशले गर्न खोजेको अथवा क्यानको जुजारु टिमले गर्न खोजेको काममा इट्टा थप्ने काम हो ।

जनकपुर बोल्ट्स

स्वामित्व : ड्रिम स्पोर्ट्स

मूल्य : २ करोड ५ लाख रुपैयाँ

टिम मालिक : अमित श्रेष्ठ

मार्की खेलाडी : आसिफ शेख

जनकपुर बोल्ट्सका महाप्रबन्धक निरोज खतिवडा भन्छन्:

जनकपुर बोल्ट्स व्यवसायका सिलसिलामा देशबाहिर हुनुहुनुन्छ । तर, उहाँले यसरी सन्देश पठाउनुभएको छ- नेपाल क्रिकेट संघसँग मिलेर हामी नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छौं ।

ड्रिम स्पोर्ट्सले लुम्बिनी अल स्टारको लिगेसीलाई पनि निरन्तरता दिनेछ । पछिल्लो पटक क्यानले आयोजना गरेको नेपाल ट्वान्टी–२० लिगमा हामीले एउटा लिगेसी बनाएका थियौं । अहिले हामी जनकपुर बोल्ट्सबाट नयाँ यात्रा प्रारम्भ गर्दैछौं ।

विराटनगर किंग्स

स्वामित्व – एमएडी ड्रिम स्पोर्ट्स

मूल्य – १ करोड ५१ लाख रुपैयाँ

टिम मालिक – पारस लुनिया

मार्की खेलाडी – सन्दीप लामिछाने

विराटनगरका पारस लुनिया भन्छन्:

मैले नेपालको टोलीबाट ६ वर्ष खेलें । अहिले क्रिकेट खेल्न छाडेको २० वर्ष भयो । हामी खेल्दा निकै संघर्ष गर्यौ । त्यति बेला हामीले दिनको २५ रुपैयाँ पाउँथ्यौं । विश्वमा इमान्दार हुँदा हाम्रो नाम छ । हामी अरुको लागि ज्यान दिन्छौं । एनपीएलमा आउँदा देश प्रतिको भावना देखिन्छ । नेपाली क्रिकेट विकासको लागि हो ।

हामी सरकारको सहयोग विना नै यहाँ आई पुगेका छौं । हामीपछि पारस, विनोदहरुको समय आयो । पारसले क्यानमा काम गरेको देख्दा खुसी लाग्छ ।
हामी हाम्रो क्षेत्रलाई अघि बढाउँछौं ।

हामी खेल्दा पूर्वाञ्चल क्षेत्रबाट ६० प्रतिशत खेलाडी राष्ट्रिय टोलीमा हुन्थ्यो ।  तर, आज पूर्वाञ्चलको क्रिकेट नाम छैन , त्यही कारण पनि हामी यो क्षेत्रमा आएका छौं । विराटनगरको क्रिकेटलाई कसरी ब्युँत्याउने भनेर हामी आएका छौं । कसरी युवा पुस्ता, कलेज, मैदान विकास गर्ने ।

एउटा किट ब्याग ५ लाखको हुन्छ । सानो मूल्य हो । हामी सबै मिलेर क्रिकेट कसरी अघि बढ्छ ।

चितवन राइनोज

स्वामित्व : चितवन मेडिकल कलेज

मूल्य : १ करोड ७६ लाख रुपैयाँ

टिम मालिक : हरिशचन्द्र न्यौपाने, आयुश न्यौपाने

मार्की खेलाडी : कुशल मल्ल

चितवन राइनोजका आयुश न्यौपाने भन्छन्:

हामी स्वास्थ क्षेत्रबाट आएका हौं, स्वास्थ र खेलकुद एकअर्काका पूरक हुन् । हामी आफ्नो व्यवसाय अगाडि बढाउनभन्दा पनि खेलाडीको सेवा–सुविधा क्यानले अगाडि बढाएको छ । त्यसैले एनपीएलमा आवद्ध हुन पाउँदा निकै खुसी छौं । क्यानलाई म धन्यावाद भन्न चाहन्छु । नेपाली क्रिकेट विकास गर्न चाहन्छौं ।

सुदूरपश्चिम रोयल्स

स्वामित्व : इम्पायर स्पोर्ट्स

मूल्य : १ करोड ६८ लाख

टिम मालिक : स्वतन्त्रप्रताप शाह

मार्की खेलाडी : दीपेन्द्रसिंह ऐरी

सुदूरपश्चिम रोयल्सका स्वतन्त्रप्रताप शाह भन्छन् :

सामान्य तया हाम्रो देशमा खेलकुद टाइमपास गर्न खेलिन्छ ।  खेलेर खेलेर आफ्नो करिअर बनाउछु भन्दा साँच्चिकै गाह्रो छ । एनपीएल एउटा सोच हो । खेलकुदमै लागेर भविष्य बनाउँछु, जीवन स्थापित गर्छु र एउटा पेसा बनाउँछु भन्ने सोच राख्नेहरूका लागि एनपीएल राम्रो प्लेटफर्म हो ।

यसमा हामीले सानो इँटा थप्न पाएको हुँदा एकदमै खुसी छौं ।  क्यानले एनपीएलको कन्सेप्ट वर्षौंवर्षसम्म अगाडि लिएर जानेछ भन्ने हाम्रो विश्वास छ । यस मार्फत धेरै राम्रा खेलाडी जन्मिउ, देशका लागि खेलून् र गर्व गर्ने बनाऊन् । आउने दिनमा पनि यहाँको साथ र सहयोग हुनेछ ।

एनपीएल क्रिकेट नेपाल प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय