+
+

सन्यास घोषणको ७ वर्षपछि अभिनयमा फर्किंदै ड्यानिल डे-लुइस

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १२:२९

काठमाडौं । आफ्नो पुस्तका महान अभिनेता ड्यानियल डे-लुइस ७ वर्षको अन्तरालपछि फिल्ममा फर्किँदैछन् । छोरा रोनान डे-लुइसको निर्देशनमा बन्न लागेको फिल्म ‘एनेमोन’मा उनी शीर्ष भूमिकामा देखिन लागेका हुन् ।

रोचक कुरा यो छ कि, सन् २०१७ मा अभिनयबाट सन्यास घोषणा गरेका लुइस, पूर्वप्रतिबद्धताबाट पछि हट्दै फिल्ममा फर्किन लागेका हुन् । सन्यास घोषणा गरिसकेका चर्चित अभिनेता फिल्ममा फर्किने पक्का भएपछि हलिउड र उनको प्रशंसक वृत्त खुसीले रोमाञ्चित भएको छ ।

फोकसन फिचर्स र प्लान बीको यो कथानक फिल्मबाट लुइसका छोरा रोनानले निर्देशनमा डेब्यु गर्दैछन् । यो फिल्मले बुबा, छोरा र भाइहरू बीचको जटिल सम्बन्धको साथै ‘पारिवारिक बन्धनको गतिशीलता’को अन्वेषणलाई वर्णन गर्छ ।

सन् २०१७ मा रिलिज भएको ‘फ्यान्टम थ्रेड’पछि ड्यानियलले सन्यासको घोषणा गरेका थिए । यो कमब्याक फिल्ममा उनको शीर्ष भूमिका हुनेछ । यो फिल्ममा सेन बीन, सामन्था मोर्टन, शमूएल बोटमले र सफिया ओकले–ग्रीनको पनि अभिनय हुनेछ ।

‘हामी रोनान डे-लुइसको पहिलो फिचर फिल्ममा ड्यानियल डे-लुइससँग उनको रचनात्मक सहयोगीको रूपमा एक शानदार भिजुअल आर्टिस्टसँग साझेदारी गर्न लागेकोमा उत्साहित नभैरहन सक्दैनौं’ निर्माता कम्पनी फोकस फीचरका अध्यक्ष पिटर कुजावस्कीले एक विज्ञप्तिमा भने ।

ड्यानिलको अघिल्लो फिल्म ‘फ्यान्टम थ्रेड’ निर्माण गरेको कम्पनी फोकस फीचरले नै यो फिल्म बनाउन लागेको हो । यो फिल्मलाई युनिभर्सल स्टुडियोले विश्वब्यापी रिलिज गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?