+
+

‘म्यान अफ दि इयर २०२४’ को उपाधि कृष्ण न्यूरेलाई

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १२:४२

काठमाडौं । पुरूष सौन्दर्य प्रतियोगिता ‘म्यान अफ दि इयर नेपाल २०२४’को पहिलो संस्करणको उपाधि रुपन्देहीका कृष्ण न्यूरेले जितेका छन् । मंगलबार आयोजित ग्राण्ड फिनालेमा जितसँगै न्यूरेले थाइल्याण्डमा आयोजना हुने ग्लोबल प्रतिस्पर्धामा सहभागि हुने मौका प्राप्त गरे ।

जितसँगै ७ लाख रुपैयाँ नगद र ट्रफी पनि प्राप्त गरे । विजेतालाई कार्यक्रमका व्यवसायिक दूत तथा जज समेत रहेका अभिनेता अनुपविक्रम शाही, फेसन कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकार, कार्यक्रम निर्देशक संसद शाह र कार्यकारी निर्देशक स्विकृती प्याकुरेल, निर्णायकद्वय राजभाइ सुवाल र करण वैधले पुरस्कारसहित ट्रफी प्रदान गरे ।

फिनालेमा म्यान अफ दि इयरको उपाधि उत्सव श्रेष्ठले जिते । माइण्डफूल म्यान अफ दि इयरको उपाधि प्रवीण आचार्यले पाउँदा मोडर्न म्यान अफ दि इयर अभिमन्यू खड्का, मास्टरली म्यान अफ दि इयर अनमोल भण्डारी र म्यानली म्यान अफ दि इयरको उपाधि विजेता बनेका कृष्ण न्युरेले नै हात पारे ।

उत्कृष्ट २० मध्येको सहविधामा मस्ट ट्यालेन्ट प्रवेश डंगोल, पब्लिक च्वाइस् अनमोल भण्डारी, मस्ट फोटोजेनिक ऋतिक श्रेष्ठ र बेस्ट वाकको विधामा इश्वर छत्कुली उत्कृष्ट घोषित भए । अडिसनबाट छनोट १०० भन्दा बढी सहभागिमध्ये अन्तिम स्पर्धामा चुनिएकाबीच मंगलबार आयोजक संस्था यू क्यान फ्लाई फेसन प्रालीले फाइनल राउण्डबाट विजेता टुंगो लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?