+
+

राष्ट्रिय युवा संसदको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १३:२१

१६ असोज, काठमाडौं । ग्लोबल युथ पार्लियामेन्टले ‘राष्ट्रिय युवा संसद’ अभियानको घोषणा गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त अभियानको घोषणा गरिएको हो ।

युवालाई लोकतान्त्रिक प्रक्रिया र नेतृत्व भूमिकामा सशक्त र संलग्न गराउने उद्देश्यले राष्ट्रिय युवा संसद अभियान घोषणा गरिएको हो ।

दुई बर्षसम्म तयारीका रुपमा चल्ने यस अभियानले युवाको सशक्तिकरण, नेतृत्व विकास र उनीहरुको राजनीतिक तथा सामाजिक जागरुकतामा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकले जनाएाके छ ।

यस कार्यक्रमले नेपालका १६५ निर्वाचन क्षेत्रबाट १/१ जना सक्रिय युवालाई प्रोफाइल, सामाजिक प्रभाव र अनलाइन भोटिङको मिश्रित विधिबाट २ वर्षका लागि चयन गर्नेछ । यस प्रक्रिया अन्तर्गत आगामी २०८२ साल वैशाख १ गते १६५ निर्वाचित गरी राष्ट्रिय युवा सांसदको घोषणा गरिनेछ ।

बुधबार आयोजित घोषणा कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीाला कार्कीले देशमा मनपरी तन्त्र भएको र खुलेआम व्यापक भष्ट्रचार मौलाएको बताइन । उनले भनिन्, ‘नमर्दासम्म पद नछाड्ने, पदसहित नै आर्यघाट पुग्ने प्रवृत्ति लोकतन्त्र हो ?’, उनले प्रश्न गरिन् ।

अभिनेता राजेश हमालले युवाले आफ्नो ऊर्जा कसरी प्रयोग गर्ने भन्नेमा सधैं सचेत हुनुपर्ने बताए । ‘युवाले आफ्नो वास्तविकता के हो, चुनौती के हो, कस्तो किसिमको दलदलमा हामी फसेका छौं भन्ने मनन नगर्ने हो तपाईहरु कसरी दलदलबाट उम्कनुहुन्छ ?’ उनले प्रश्न गरे ।

व्यवस्था परिवर्तनले पनि बदल्न नसकेको देश र नागरिकको अवस्था उल्ट्याउन अब पाखुरी र विचार भएका युवा एक ठाउँमा जोडिनुको विकल्प नभएको भन्दै अभियानको घोषणा गरिएको ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले बताए ।

राष्ट्रिय युवा संसदले नयाँ पुस्ताका युवा नेतालाई सकारात्मक दबाब सिर्जना गर्न र सशक्तिकरणको लागि सहयोग पुर्‍याउनेछ ।

अभियानले युवाको सक्रिय सहभागितालाई राष्ट्रिय नीति निर्माणमा जोड दिने र देशभरिका युवालाई एकै ठाउँमा ल्याएर उनीहरुको आवाजलाई राजनीतिक र सामाजिक निर्णय प्रक्रियामा समावेश गराउनु रहेको अभियानका अभियन्ता सरोज बानियाँले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?