+
+

डीसीले बुसानमा छायांकन गन्तव्यको प्रवर्धन गर्ने, रामबाबु र दयाहाङ पनि दक्षिण कोरिया पुगे

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १३:२२

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले बुसान फिल्म फेस्टिभलमा नेपालका छायांकन गन्तव्यको प्रवर्धन गर्ने भएका छन् । शुक्रबार बेलुका दक्षिण कोरियाको भ्रमणमा जान लागेका उनको फेस्टिभल कार्यतालिका तय भएको हो ।

फेस्टिभलमा आफूले नेपालका छायांकन गन्तव्य समेटिएको भिडियो ‘एक्स्प्लोर सुटिङ डेस्टिनेसन अफ नेपाल’ प्रस्तुत गर्न लागेका हुन् । उक्त प्रस्तुतिमा नेपालका सुटिङ गन्तव्य र तिनका विशेषताको चर्चा समेटिनेछ ।

‘ती गन्तव्य र छायांकनका लागि सरकारले कसरी सघाउनेछ भन्ने बारेमा मैले भिडियो प्रस्तुत गर्नेछु’ उनले भने । सो अवसरमा फेस्टिभलका अधिकारीहरुसँग भेटवार्ता गर्ने समेत डीसीले जनाए ।

बुसान भ्रमणको साइडलाइनमा नेपाली समुदाय र संस्थासँग फिल्म छलफल र अन्तक्रियामा पनि सहभागि हुने उनको तयारी छ । दक्षिण कोरियामा नेपाली फिल्मको प्रवर्धनबारे नेपाली समुदायसँग कुराकानी गर्ने उनको तयारी छ ।

एक्लै बुसान भ्रमणमा जान लागेका डीसी अक्टोबर ९ मा नेपाल फर्किनेछन् । यसवर्षको बुसान फिल्म फेस्टिभल बुधबारदेखि अक्टोबर ११ सम्म आयोजना हुँदैछ ।

दयाहाङ र रामबाबु पनि बुसान पुगे

फिल्म ‘पूजा, सर’को टीम नै दक्षिण कोरियामा पुगेको छ । निर्माता रामबाबु गुरुङ, कलाकार दयाहाङ राई, आशा मगराती, निकिता चाण्डक, पशुपति राई, निर्माता नीरज श्रेष्ठ र कस्ट्युम डिजाइनर जानकी कडायत बुसानमा पुगेका हुन् ।

नेपालबाट त्यहाँ पुगेको टोलीले बुधबार हुने बुसानको ओपनिङमा सहभागि हुने रामबाबुले कोरियाबाट अनलाइनखबरलाई जानकारी दिए । भेनिसमा विश्व प्रिमियर भएको दीपक रौनियार निर्देशित यो फिल्म ‘अ विन्डो एन एसियन सिनेमा’ विधामा छनोट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?