+
+

१२ औं एल्बमपछि चर्चित रक ब्याण्ड ‘कोल्डप्ले’ विघटन हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १४:०२

काठमाडौं । बेलायती रक ब्यान्ड कोल्डप्लेका गायक क्रिस मार्टिनले आफ्नो ब्यान्डले आफ्नो १२ औं स्टुडियो एल्बम रिलिज गरेपछि सन्यास लिने बताएका छन् । क्रिसले जेन लोवेलाई दिएको अन्तर्वार्तामा यसको कारण पनि खुलाए ।

लोकप्रिय ब्याण्डले सांगीतिक यात्रा स्थगन गर्ने खुलासा गरेपछि विश्वभरका ब्याण्डका प्रशंसक स्तब्ध बनेका छन् ।

मार्टिनले उक्त अन्तर्वार्तामा भनेका छन्, ‘हामीले ब्यान्डका रूपमा १२ औं एल्बम मात्रै रिलिज गर्नेछौँ । यसो गर्नुको पछाडि हाम्रो उद्देश्य फ्यानलाई उत्कृष्ट गुणस्तर दिनु हो । हामीले हाम्रा गीतलाई निरन्तर सुधार्ने प्रयास गरिरहेका छौं । ह्यारी पोर्टरको सात सिजन मात्रै भएकाले अन्य कलाकारबाट प्रेरणा लिएर हामीले यो निर्णय गरेका हौँ ।’

क्रिसले एल्बममा ब्यान्डको रूपमा काम गर्नु राम्रो तर कठिन पनि भएको बताए । उनी ब्यान्डसँग आवद्ध व्यक्तिले आफ्नो लागि पनि समय निकाल्न चाहेको बताए ।

मार्टिनका अनुसार, १२ औं एल्बम कोल्डप्ले ब्यान्डको रूपमा उनको अन्तिम हुनेछ । उनले आफ्ना ब्यान्डका साथीहरु जोनी बकल्याण्ड, गाय बेरीम्यान र विल च्याम्पियनसँग अन्य प्रोजेक्टमा हुने कामलाई भने जारी राख्ने बताए ।

कोल्डप्लेको १० औं एल्बम ‘मून म्युजिक’ अक्टोबर ४, २०२४ मा रिलिज हुनेछ । हिजोआज यो ब्याण्ड ब्यान्ड सन् २०२५ को जनवरीमा भारतमा आयोजना हुने कन्सर्टले चर्चामा छ । सन् २०१६ मा मुम्बईमा आयोजित गोल्डेन सिटिजन फेस्टिभलमा ब्याण्डले प्रस्तुति दिएको थियो । ब्याण्डले ९ वर्षपछि भारतमा प्रस्तुति दिन लागेको हो ।

यो ब्यान्ड सन् १९९७ मा लण्डनमा सुरु भएको थियो । क्रिस मार्टिन, जोनी बकल्याण्ड, गाय ब्यारीम्यान, विल च्याम्पियन र फिल हार्वे यस ब्यान्डका सदस्य हुन् । कोल्डप्लेले ३९ मनोनयनमा ७ पटक ग्रामी अवार्ड प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?