+

जगत टमाटा सुदूरपश्चिमको मुख्य प्रशिक्षक

२०८१ असोज  १६ गते १४:०९ २०८१ असोज १६ गते १४:०९
जगत टमाटा सुदूरपश्चिमको मुख्य प्रशिक्षक

१६ असोज, काठमाडौं । जगत टमाटा नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

सुदूरपश्चिमले सामाजिक सञ्जाल मार्फत उनी आफ्नो टोलीको मुख्य प्रशिक्षक भएको जानकारी दिएको छ । टमाटा नेपाली क्रिकेटका सर्वाधिक सफल स्वदेशी प्रशिक्षक हुन् ।

उनको प्रशिक्षणमा नेपालले सन् २०१८ मा पहिलो पटक ओडीआई मान्यता पाएको थियो । उनले सन् २०१६ देखि २०१९ सम्म नेपालको मुख्य प्रशिक्षक बनेर काम गरेका थिए ।

उनी पछिल्लो पटक सन् २०२० मा थाइल्यान्ड भ्रमणमा एसीसी इस्टर्न रिजनमा नेपालको मुख्य प्रशिक्षक थिए ।

उनको प्रशिक्षणमा नेपालले तीन पटक यू-१९ विश्वकप ( २०१२, २०१६ र २०२४) मा खेलेको थियो । हाल उनी नेपालको सहायक प्रशिक्षकको रुपमा क्यानडामा छन् ।

इम्पायर स्पोर्ट्सको स्वामित्वमा रहेको सुदूरले आफ्नै क्षेत्रका दीपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडीको रुपमा पाएको थियो । टिम स्वामित्व किन्न इम्पायरले १ करोड ६८ लाख रुपैयाँ खर्चेको थियो ।

कर्णाली याक्सले नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षक तथा निर्देशकमा नियुक्त गरेको छ । चितवन राइनोजले उमेश पटवाललाई ल्याउने तयारी गरेकोछ ।

खेलाडीहरुको अक्सन भने असोज २० गते काठमाडौंमा हुँदैछ । एनपीएल मंसिर १५ देखि पुस ६ सम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

एनपीएल क्रिकेट जगत टमाटा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय