+
+

जुवातास खेलेको आरोपमा २९ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १४:०८
फाइल तस्वीर

१६ असोज, काठमाडौं । जुवातास खेलेको आरोपमा २९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौंका दुई फरक ठाउँहरु मित्रनगर र मनोहरा नगरपालिकाबाट २९ जनालाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–६ घर भएका ४२ वर्षीय राम शरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा खेलेको आरोपमा १३ जना पक्राउ परेका हुन् ।

जुवा खेलिरहेको अवस्थामा काभ्रे तेमाल गाउँपालिका–६ घर भई काठमाडौं बौद्ध बस्ने २८ वर्षीय सोम बहादुर तामाङ समेत १३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ६ हजार रूपैयाँ, ४५ थान कौडा र ४ थान मोबाइल सहित पक्राउ गरेको हो ।

यसैगरी कागेश्वरी मनोहरा नगरपालिका–९ सनसिटी लाईफ बेकरीस्थित अनिता राईको घरमा जुवा खेलिरहेको अवस्थामा भक्तपुर चाँगुनारायण नगरपालिका–२ घर भएका ४२ वर्षीय नवराज श्रेष्ठ समेत १६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ४२ हजार ५ सय रूपैयाँ, २२ थान मोबाइल र १७ थान कौडा सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?