+
+

अखिल क्रान्तिकारीको बन्दसत्र फेरि स्थगित, सम्मेलन हलमा तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते १४:१८

१६ असोज, काठमाडौं । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन हलमा तोडफोड गरिएको छ । बन्द सत्र बस्दै नबसी बिहीबारका लागि सारिएपछि आक्रोशित प्रतिनिधिहरुले सम्मेलन हलमा कुर्सि तोडफोड गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा १० असोजदेखि सुरु भएको सम्मेलनको बन्दसत्र उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विवादले प्रभावित बनेको छ ।

बिहीबार बिहान १० बजेदेखि बन्द सत्र सुरु हुने सूचना अध्यक्ष मण्डलले जारी गरेपछि आक्रोशित प्रतिनिधिहरुले कुर्सी फालेर विरोध जनाएको सम्मेलनमा सहभागीले जानकारी गराए ।

विवाद समाधान गरेर भोलि उमेर हदका लागि मतदान हुने विघटित कमिटीकी अध्यक्ष पञ्चा सिंहले जानकारी गराइन् । कार्यालयको बैठक बसेर समाधान निकालिने उनले बताइन् ।

अध्यक्ष सिंहले अनलाइनखबरसँग भनिन्, ‘उमेर हदका लागि मतदान अनिवार्य नै छ । तर, यसका प्रावधानहरुका बारेमा साथीहरुका केही विमतिहरु छन् । मिलाएर लान्छौं ।’

पार्टी अध्यक्ष प्रचण्डसमेतको छलफलबाट अखिल क्रान्तिकारीका नेताहरुले उमेर हद लगाउने कि नलगाउने भन्ने विषय मतदानबाट टुंगो लगाउने र त्यसपछि नेतृत्व चयनका लागि मतदान गर्ने समझदारी गरेका थिए । तर केही पदाधिकारीहरु नै उमेर हद लगाउने कुरामा सहमत हुन नसकेपछि बन्दसत्र प्रभावित हुँदै आएको छ ।

बन्दसत्र छिटो सुरु गर्न माग गर्दै प्रतिनिधिहरुले हलभित्र प्रदर्शन र तोडफोड गरेका छन् । यही विवादका क्रममा दुई दिन अघि खुकुरी बोकेका एक व्यक्ति सम्मेलन हलमा भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?